अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२८ | Colorodo: 17:43

विश्व दूरसञ्चार संघको ‘स्टडी ग्रूप’ उपाध्यक्षमा आनन्दराज खनाल पुनः निर्वाचित

बिआरटीनेपाल २०७४ कार्तिक १४ गते ३:५१ मा प्रकाशित

नेपाल दूर सञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल विश्व दूरसञ्चार संघको स्टडी ग्रूपको उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

यही अक्टोबर ९ देखि २० तारिकसम्म अर्जेन्टिनाको राजधानी बुनोसमा सम्पन्न विश्व दूर सञ्चार विकास महाशाखाबाट दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन्। उनी यस अघि २०१४ मा दुबईमा सम्पन्न महासभाले २०१४ देखि २०१७ सम्मका लागि सोही पदमा निर्वाचित गरेको थियो।

२०१८ देखि २०२१ सम्मको कार्यकालका लागि संघको दूरसञ्चार विकास ब्यूरो अन्तर्गत् स्टडी ग्रुप दुईको उपाध्यक्षमा पुनः निर्वाचित भएका हुन्। संघका एशिया प्रशान्त क्षेत्रका ३८ मुलुकमध्ये नेपाल र कोरियाले मात्रै प्रतिनिनिधित्व गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू