अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

टानको अध्यक्षमा दाहाल निर्वाचित

बिआरटीनेपाल २०७४ कार्तिक १२ गते २०:३६ मा प्रकाशित

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा नवराज दाहाल विजयी हुनुभएको छ । टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बन्नुभएका दाहालले ३३१ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३१३ मत प्राप्त गर्नुभएको थियो ।

यता अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका नुरु जांबु शेर्पाले पनि ५० मत प्राप्त गर्नुभएको टान निर्वाचन समितिले जनाएको छ । टानको वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा नीलहरि बास्तोला, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा राना विजयी हुनुभएको छ ।

त्यसै गरी कार्यसमिति सदस्यमा ऋतु ग्याम्देन, रवीन्द्र अधिकारी, राजनप्रसाद काप्री, गोपाल श्रेष्ठ, जीवन लामा, बाबुराम गुरुङ, सुकबहादुर लामा, शेरबहादुर परियार र जंगबहादुर लामा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष दाहालले टानको व्यावसायिक छविलाई उचो बनाउन सम्पूर्ण व्यवसायीलाई एकताबद्ध गरेर लैजाने बताउनुभयो । गणतन्त्रिक स्टोनियाँका लागि नेपाली वाणिज्यदूतसमेत रहनुभएका अध्यक्ष दाहाल नेपाल पर्यटन व्यवसायी सङ्गठनको संयोजक हुनुहुन्छ । (रासस)

प्रतिक्रिया