अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 18:31

सेन्ट लुइस मिजौरीमा महाकवि देवकोटाको १०९ औँ लक्ष्मी जयन्ती सम्पन्न

बिआरटीनेपाल २०७४ कार्तिक १२ गते २०:२४ मा प्रकाशित

यही अक्टूबर २८, २०१७ सेन्ट लुइस मिजौरीमा विशेष साहित्यिक कार्यक्रमहरू सहित महाकवि देवकोटाको १०९ औँ लक्ष्मी जयन्ती भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशेष अथिती डाक्टर विष्णु देवकोटा हुनुहुन्थ्यो । कार्यक्रममा महाकवि देवकोटाको तस्बिरमा माल्यार्पण, दीप जलन, राष्ट्रिय गान, महाकवि देवकोटाको संक्षिप्त परिचय, जीवनी, नेपाली साहित्यमा वहाँको विशिष्ट योगदानको वर्णन, वाहाँको गीत गायन, देबकेटाको “पागल” कविताको नाटक देखाईनुको साथै थुप्रै सहभागीहरूले आ-आफ्नो रचनाहरू पढेका थिए । 

कार्यक्रममा मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बारेमा भन्नुको साथै यस संस्थाका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको कार्यक्रमको सफलताको लागि हार्दिक शभु कामना सन्देश र वहाँको रचना साथै क्यानसससीटीकी कवयित्री कमला न्यौपानेले पठाउनु भएको रचना पनि पढनु भएको थियो । सहभागीहरूको स्वागत छन्द कविताबाट कवि बलरामले गर्नु भएको थियो । अध्यक्ष उर्मिला निर्दोषीले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको बिसर्जन र सबैलाई जलपान समारोहमा सहभागी हुन अनुरोध गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू