अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

एसिया कपका लागि यु–१९ क्रिकेट टोलीको घोषणा

बिआरटीनेपाल २०७४ कार्तिक १२ गते १०:४० मा प्रकाशित

मलेसियामा हुने एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि आज नेपाली टोलीको घोषणा गरिएको छ ।

नोभेम्बर दोस्रो साताबाट सुरु हुने उक्त प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । प्रशिक्षक विनोद दास र एसिसीका प्रतिनिधि बेन्काटापति राजुको छनोट समितिले खेलाडी छनोट गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीमध्ये अन्तिम टोलीको घोषणा गरिएको हो । छनोट गरिएका अन्य खेलाडीमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सन्दीप सुनार, प्रनित थापा मगर, अनिलकुमार शाह, पवन शर्राफ, आसिफ शेख, किशोर महतो, शाहब आलम, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, राशिद खान र जितेन्द्र सिंह रहेका छन् । यस्तै सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी र विजय चौधरीलाई वैकल्पिक खेलाडीका रूपमा छनोट गरिएको छ ।

नेपाली युवा टोली सोमबार बङ्गलादेश प्रस्थान गर्नेछ । नेपालले आगामी बिहीबार, आइतबार र सोमबार बङ्गलादेशको यु–१९ टोलीसँग तीन वटा अभ्यास खेल खेल्नेछ । एसिया कप मलेसियामा नोभेम्बर ११ देखि १९ सम्म हुनेछ । सो प्रतियोगितामा टेष्ट मान्यता प्राप्त राष्ट्र भारत, बङ्गलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तानसहित आठ वटा देशको सहभागिता रहने छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू