अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

कलाकार तथा राप्रपाका सर्वसम्मत उमेद्वार रविन्द्र खड्का एमाले प्रवेश (विज्ञप्ती)

बिआरटीनेपाल २०७४ कार्तिक ९ गते १३:१३ मा प्रकाशित

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्वर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रत्यक्षतर्फ सर्वसम्वत उम्मेदवार सिफारिस भएका कलाकार रविन्द्र खड्काले राप्रपा परित्याग गरेका छन् । पार्टीको नीति, सिद्धान्त र विचारका विरुद्ध चुनावी तालमेल र सहमति पार्टी हितमा नभएको र कार्यकर्ताको भावना विपरित रहेको भन्दै बिहिबार पत्रकार सम्मेलन गरेर खड्काले राप्रपा परित्याग गरि आफु एमाले प्रवेश गरेको घोषणा गरेका हुन् ।

चलचित्र भाग्यरेखावाट नेपाली चलचित्रमा प्रवेश गरेका अभिनेता रविन्द्र खड्का माओवादी जनयुद्ध कालमा पनौति नगरपालिकाका मेयर बनेपछि राजनितिक चर्चामा रहे । रबिन्द्रका पिता इन्द्रवहादुर खड्का  काभ्रे जिल्लावाट दुई पटक जिल्ला सभापति र सांसद बनेका ब्यक्ति भएकाले पनि उनमा राजनितिक ज्ञान र क्षमताको बलियो पृष्ठभुमी पाईन्छ । त्यसैले पनि उनलाई प्रभावशाली उमेद्वारका रुपमा हेरिएको थियो । तर निर्वाचन नजिकिंदै गर्दा खड्काले राप्रपाप्रति असन्तुष्टि देखाउँदै आफु एमाले प्रवेश गरेको घोषणा गरेपछि यतिवेला यो बिषय चासो र चर्चा बनेको छ । राप्रपाको भातृसंगठन राष्ट्रवादी कलाकर्मी मञ्चका अध्यक्ष समेत रहेका खड्का राप्रपावाटै सक्रिय राजनीतिमा लागेका भएपनि उनले राप्रपा र कांग्रेसबीच चुनावी तालमेल पछि जिल्लामा एक सिट पनि राप्रपालाई नदिने कांग्रेसको निर्णयप्रति असन्तुष्टि देखाउँदै राप्रपाबाट बाहिरीएका हुन् ।

उनीसँगै राप्रपाबाट प्रदेशसभामा प्रत्यक्षतर्फबाट उम्मेदवार सिफारिस भएका शंकरलाल श्रेष्ठसहित पचास जना नेता कार्यकताले रापपा परित्याग गरेका छन् । राप्रपा परित्याग गर्नुको कारण सहित खड्का र क्षेष्ठले संयुक्त रुपमा प्रेश विज्ञप्ती समेत जारी गरेका छन् ।

 

यस्तो छ खड्का र श्रेष्ठको संयुक्त विज्ञप्ती

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू