अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

चिनिया लगानीकर्ता सम्मिलित प्रतिनिधिमण्डल र नेपाली उद्यमी बिच महासङ्घ सचिवालयमा भेटवार्ता

बिआरटीनेपाल २०७४ कार्तिक ७ गते ८:४७ मा प्रकाशित

नेपाली उद्यमी व्यवसायी र नेपाल भ्रमणमा आएको चिनिया“ लगानीकर्ताहरू सम्मिलित प्रतिनिधिमण्डल बिच आज महासङ्घ सचिवालयमा व्यासायिक भेटवार्ता भयो । होटेल तथा पर्यटन, पूर्वाधार निर्माण, कृषि, ऊर्जा, सूचना प्रविधि आदि क्षेत्रसग सम्बन्धित चिनिया“ लगानीकर्ताहरू नेपालमा लगानीका अवसर बारेमा नेपाली निजी क्षेत्रस“ग छलफल गर्न महासङ्घ सचिवालयमा आएको हो ।

चाइना वाटर इन्जिनियरिङ विभागका निर्देशक फीङ सिआओ (Mr. Feng XIAO, Department Director, China Water Engineering) को नेतृत्वमा आएको १२ सदस्यीय चिनिया“ लगानीकताहरूको प्रतिनिधिमण्डलस“ग भएको छलफलमा महासङ्घका तर्फबाट नेपालमा लगानी गर्न आग्रह गरियो ।

नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले निकै धेरै लाभ हासिल गरिरहेका उदाहरण दिँदै महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले चिनिया“ उद्यमीहरूलाई स्वागत गर्दै बाह्य लगानी तथा प्रविधि खोजिरहेको नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

लगानीका क्रममा कुनै पनि समस्या आएमा त्यसलाई समाधान गर्न महासङ्घ तयार छ, वरिष्ठ उपाध्यक्ष गोल्छाले अगाडी स्पष्ट पार्नुभयो–व्यावसायिक नाफा कमाउन सकिने मुलुकको रूपमा नेपाल स्थापित भैसकेको छ । चिनिया“ लगानीकर्ताहरूस“गको व्यसायिक भेटवार्ता (बी टु बी)बाट सकारात्मक कार्यको थालनी हुनुका साथै यसले दुवै देशलाई व्यावसायिक रूपमा अझ बढी प्रगाढ बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष्ँ ज्ञानेन्द्रलाल प्रधानले बाह्य लगानी आकर्षणका लागि सरकारी नीति नियम उदार रहेको र नेपाल सरकार बाह्य लगानी आकर्षणका गर्न लालयित रहेकाले ढुक्क भएर लगानी गर्न सकिने विश्वास दिलाउनु भयो । लगानीका क्रममा स्थानीय तहमा कुनै समस्या आए त्यसलाई समाधान गर्न सरकार तथा निजी क्षेत्र दुवै तयार रहेको र पछिल्लो पटक अवलम्ब गरिएका नीति नियमले समेत वातावरण अझ सहज बनाएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा चिनिया“ प्रतिनिधिमण्डलका तर्फबाट चाइना वाटर इन्जिनियरिङ विभागका निर्देशक फीङ सिआओ (Mr. Feng XIAO, Department Director, China Water Engineering) ले नेपालमा लगानी गर्न चिनिया“ लगानीकर्ताहरू निकै इच्छुक रहेको र नेपालमा लगानीका क्षेत्र र सरकारी नीति नियमका बारेमा जानकारी लिन नेपाल भ्रमणमा आएको स्पष्ट पार्दै नेपाल सरकार र महासंघस“गको भेटवार्ता छलफल निकै उपलब्धि मूलक रहेको बताउनु भयो । टोलीका तर्फबाट परियोजना स्थापनाका क्रममा स्थानीय क्षेत्रमा आइपर्ने जग्गा प्राप्ति, वन लगायतमा आउने समस्या समाधानका विषयमा जिज्ञासा राखिएको थिए । साथै चिनिया“ प्रतिनिधिमण्डलले आगामी दिनमा अन्य क्षेत्रमा समेत लगानी गर्न आफूहरू इच्छुक रहेको धारणा राखेका थिए ।

सोही क्रममा दुवै देशका व्यवसायीहरू बिच क्षेत्रगत रूपमा छुट्टाछुट्टै व्यावसायिक भेटवार्ता समेत सम्पन्न भयो । होटेल तथा पर्यटन व्यवसायीहरू, कृषि उपज बिक्री वितरकहरू, सूचना तथा प्रविधि र विद्युत् ऊर्जा एवं पूर्वाधार निर्माण लगायतका क्षेत्रमा नेपालमा लगानीका अवसर, नीतिगत व्यवस्था, स्थानीय साझेदारी लगायतमा छलफल भएको थियो । कार्यक्रममा महासङ्घको कार्यकारिणी समितिका सदस्यहरू, महासङ्घका महासचिव, चीनस“ग व्यापार व्यवसाय गर्दै आएका उद्यमी व्यवसायीहरूको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू