अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

एच डी एन पी को देउसी भैलो कार्यक्रम न्यूयोर्कमा सम्पन्न

बिआरटीनेपाल २०७४ कार्तिक ६ गते १५:४५ मा प्रकाशित

हिन्दुहरूको दोस्रो महान् चाड शुभ दीपावलीको पावन अवसरमा समाजिक संस्था एच डी एन पी ले न्यूयोर्कमा रहेका नेपाली समुदायहरू बिच देउसी भैलो साथै लोकप्रिय कलाकारहरूको विशेष प्रस्तुतिको साथ तिहार मनाएको छ । अक्टोबर २० तारिक शुक्रवार भएको उक्त कार्यक्रम न्यूयोर्कको ज्याक्सन हाइट्स सत्य नारायण मन्दिरमा ८ बजे देखी सुरु भएर बिहान २ बजे सम्म चलेको थियो । चर्चित गायक तिलक बम मल्ल, बिमल डाङी साथै बासुरी बादक राम सिंह आदिले आफ्नो प्रस्तुति दिएका थिए । सभापतिको आसन ग्रहण लेखक राजन थपलिया, विशेष अतिथिमा कर्ण कुमारी भट्ट साथै जन सम्पर्क समिति न्यूयोर्कका सभापति रोशन ढुङ्गानाले आसन ग्रहण गर्नु भएको थियो ।

प्रवासमा पनि नेपाली कला संस्कृतिको जगेर्ना गर्नु हामी सबै नेपालीहरूको कर्तव्य हो । उक्त कार्यक्रमबाट लगभग $३५०० उठेको थियो । आफ्नो तर्फबाट सानो कार्यक्रम गरेर अनाथ बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा निकै हर्शित भएकी एच डी एन पी का मिडिया को-अर्डिनेटर तथा पब्लिक रिलेसन अफिसर अनु खड्काले अरू पनि थुप्रै कार्यक्रमहरू गर्न लागेको जनकारी गराउनु भयो ।

अनु खड्का आगामी दिनमा आफ्नो तर्फबाट सकेको सहयोग गर्ने अनि अब चाडै नै दुखी बालबालिकाहरुको लागी कपडा र खाना खुवाउने कार्यक्रम राख्दै छिन । समाज सेवामा निरन्तर लागी रहेकी अनुले केही समय अघि मात्र वासिङ्टन डी सीमा समेत होमलेसहरुलाई सहयोग गरेर आएकी थिएन । उक्त कार्यक्रममा ८० जना जतिको सहभागिता थियो । प्रवासमा पनि यस्तो कार्यक्रम गरेकोमा उनलाई सबैले बधाई तथा शुभ कामना दिएका थिए । एच डी एन पी ले विगत लामो समय देखी गरिब तथा घर बिहिन बालबालिकाहरुलाई सहयोग गर्दै आएको छ। यसको कार्यालय टेक्ससमा रहेको छ ।

विदेशमा एक नेपालीले अर्को नेपालीलाई मर्दा पर्दा गर्ने र गरिने सहयोगले हाम्रो रगतमा नेपाली पनको झझल्को दिलाउछ । हाम्रो एउटा सानो सहयोगले कसैको जीवनमा केही परिवर्तन ल्याउन सक्छ भने हामीले किन नगर्ने । आजै गरे कसैको ओठमा मुस्कान देख्न पाइन्छ भने भोलि किन कुर्ने ।

प्रतिक्रिया