अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 12:54

सुनौलीमा नेपाली ट्यांकरमा आगजनी

बिआरटीनेपाल २०७४ कार्तिक ५ गते ९:३१ मा प्रकाशित

भारतको सुनौलीमा नेपाली ट्यांकरमा आज आगजनी भएको छ । नेपालबाट इन्धन लिनका लागि भारतको गोरखपुरतर्फ जाँदै गरेको नेपाल आयल निगमको लु१ख ७३३० नंको ट्याकरले भारतको सुनौलीमा ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि स्थानीयले ट्यांकरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

नेपालको सिमाना रुपन्देहीको बेलहियाबाट ५०० मिटर दक्षिणमा दिउँसो ४ः३० बजेतिर ट्याकरको ठक्करबाट एक जनाको मृत्यु भएको र त्यसपछि स्थानीयले ट्यांकरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्यांकरको ठक्करबाट मृत्यु हुने पुरुषको सनाखत हुन सकेको छैन । ट्यांकरमा लागेको आगो नेपालबाट गएको दमकलले निभाएको थियो । ट्यांकरका चालक रुपन्देही तिलोत्तमा नगरपालिका–७ का सन्तोष खरेललाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे अनुसन्धान गरेर कानुनी प्रक्रिया अघि बढाउनका लागि भारतीय प्रहरीसँग छलफल भइरहेको प्रवक्ता पाण्डेको भनाइ छ ।(रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू