अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

क्यालिफोर्नियाको सन्फ्रान्सिस्कोमा लक्ष्मी जयन्ती सम्पन्न

बिआरटीनेपाल २०७४ कार्तिक ४ गते १२:५५ मा प्रकाशित

अमेरिकाको अल्बनी, क्यालिफोर्नियामा अक्टोबर १९, २०१७ महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०९ जन्म जयन्ती सम्पन्न भएको छ । लायन्स क्लब अफ बर्क्ली लालीगुराँस तथा नेपाल प्रडक्सन हाउसको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रमको सभापतित्व आयोजक संस्था बर्क्ली लालिगुराँसका चार्टर प्रेसिडेन्ट निर्मल कुमार फुयाँलले गरेका थिए । सो कार्यक्रमको प्रमुख अतिथि, साहित्यकार, पत्रकार तथा समाजसेवी ध्रुव थापालाई चयन गरिएको थियो भने अमेरिकामा नेपाल मूलका प्रथम डिस्ट्रिक्ट गभरनर Lions International डिस्ट्रिक्ट 4C3 का गभर्नर राजेन थापाको विशिष्ट अतिथिको रूपमा उपस्थिति थियो । त्यसै गरी डा. टिका लम्साल, एन आर एन हेल्प डेस्क केन्द्रीय समितिका सदस्य सचिव तथा एन ए जी सी संस्थापक अध्यक्ष मणी नेपाली पनेरु, कवि बन्धु पोखरेलको अतिथिको रूपमा उपस्थित थियो । स्वर्गिय महाकविको स्‍मृतिमा दीप प्रज्वलन गरी स्वागत भाषण बाट कार्यक्रमको सुरुवात भएको थियो । 

सो अवसरमा विशिष्ट अतिथि राजेन थापा तथा अतिथिहरु डा. टिका लम्साल, मणी नेपाली पनेरु ध्रुव थापा, बन्धु पोखरेल लगायतले महाकवि देवकोटाको बहुआयामिक व्यक्तित्व र नेपाली साहित्यमा उहाँको योगदानको मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो । अवसरमा विभिन्न कवि तथा कवयत्रीहरुले आफ्ना सुन्दर कविताहरू पाठ गरेर देवकोटा प्रति श्रद्धान्न्जली अर्पण गरेका थिए । आयोजक संस्था नेपाल प्रडक्सन हाउसका सभापतिले छोटो सूचनाको बाबुजुद उल्लेखनीय उपस्थिति हुनु देवकोटाको लोकप्रियता र सम्मानको सुचक भएको भन्दै सम्पूर्ण सहभागीहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्नु भयो। लक्ष्मी जयन्ती मनाउने प्रथा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णले २००९ मा नै सुरु गरे पनि सो परम्पराले निरन्तरता पाएको थिएन। तर लक्ष्मी जयन्तिकै दिन विशेष तयारीका साथ सम्पन्न यो कार्यक्रमलाई पर्यवेक्षकहरुले ऐतिहासिक भनेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू