अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

मध्य पश्चिममा २ स्थानमा राप्रपा किल्ला, कांग्रेसले सहयोग गर्ने मनसाय

बिआरटीनेपाल २०७४ कार्तिक २ गते ५:४७ मा प्रकाशित

प्रतिनिधि सभाको निर्वाचनको लागि रा.प्र.पा का केन्द्रिय अध्यक्ष कमल थापाले बाँके क्षेत्र रोजेको हल्लासँगै अहिले बाँके राप्रपामय बन्न थालेको छ भने नेपाली कोंग्रेसले पनि पूर्ण रुपमा सहयोग गर्ने मनसाय बनाएको देखिएको छ ।
बिकास निर्माण हुन नसकेको बाँके जिल्लाले कमल थापालाई पाए बिकास हुन सक्ने स्थानियको भनाइ रहेको छ ।

बिगतमा बाँकेको तीन वटै क्षेत्रमा राप्रपाले जीत हसिल गरेकोमा अहिले राप्रपाको लागि बाँके क्षेत्र नम्बर दुई राम्रो तथा जीत सुनिश्चित मानिएको छ ।

यस्तै दैलेख जिल्लाको सन्दर्भमा भने राप्रपाको बलियो उम्मेदवारको रूपमा कुन्ती शाहीको जीत सुनिश्चित देखिएको स्थानियको भनाइ रहेको पाइएको छ । राप्रपाको तर्फबाट राज्य मन्त्री हुँदा दैलेखको बिकास लगायत स्थानियको कठिनाईमा बिशेष सहयोग गरेको कारण शाही बलियो उम्मेदवारको रूप सर्ब श्रेष्ठ मानिएको छ ।

राप्रपाले मध्य पश्चिमको ३ वटा क्षेत्र मध्य सल्यान जिल्ला निकै कमजोर मानिएको छ । पैसाको ध्वान्स देखाउदै राजनीति गर्ने बानी परेका सम्भाबित उम्मेदवार राजेन्द्र वीर राय (राइ ) आफ्नै छबीको कारण नराम्रो पराजित भोग्नु पर्ने स्थानियको भनाइ थरहनुको साथै सल्यानमा राप्रपा भन्दा कांग्रेस निकै बलियो भएको कारण कांग्रेस हाईकमान्डले राप्रपालाई टिकेट दिए सहयोग नगर्ने बताइएको छ ।

राइ कै कारण अहिले बिभिन्न राष्ट्रबादी पार्टी तथा कांग्रेसका अधिकान्सले सल्यान क्षेत्र नम्बर २ को प्रदेशमा एमालेलाई मतदान गर्ने बिसयमा समूह अनुसारको छलफल तथा निर्णय समेत गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू