अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१७ | Colorodo: 04:32

बोक्सीको आरोपमा राती सुतिरहेकी बुहारीमाथी निर्मम तरिकाले खुकुरी र कोदालो प्रहार

बिआरटीनेपाल २०७४ कार्तिक २ गते ५:०५ मा प्रकाशित

बोक्सीको आरोपमा जेठाजुले आफ्नै बुहारीमाथी सुतिरहेको अवस्थामा खुकुरी र कोदालेने निर्मम तरिकाले प्रहार गरेर गम्भिर घाईते बनाएका छन् । बुधबार राती ९ बजे  घरमा सुतिरहेकी रसुवा कालिका गाउँ पालिका खाल्चेत निबासी राधा थिङलाई आफ्नै जेठाजु सन्त बहादुर ग्लानलेले खुकुरी र कोदालेले हान्दा उनि गम्भिर घाईते भएकी हुन् । 

राधाका पति घरबाहिर गएको मौका छोपी सन्तबहादुरले घरबाट कोदालो र खुकीरी बोकेर सुतिरहेकी बुहारीमाथी निर्घात प्रहार गरेका थिए । बोक्सी लागेर आफ्नो  परिवारलाई दुख दिएको आरोपमा बुहारीलाई गम्भिर घाईते बनाएका सन्तबहादुर रातीबाटै फरार छन् । शरिर र अनुहारमा गहिरो चोट लागेकी राधाको यतिबेला काठमाडौंको ग्रीन सिटी अस्पतालको सघन कक्षमा उपचार भै रहेको छ ।

तस्विर :आर बी लामा

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू