अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

डोटीमा बस दुर्घटना: ३ को मृत्यु, १८ जना घाईते

बिआरटीनेपाल २०७४ कार्तिक २ गते १:५८ मा प्रकाशित

 

डोटीको बड्डीकेदार गाउँपालिकामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नं को बस बिहिबार बिहान डोटीको बड्डीकेदार गाउँपालिका –२ खड्यौलीमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुने ३ नै जना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू