अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

पहिलो गीत ‘तिमि रोएको पल’ सार्वजनिक भएसंगै चलचित्र ‘ऐश्वर्य’ चर्चामा

बिआरटीनेपाल २०७४ कार्तिक २ गते १:२९ मा प्रकाशित

पहिलो गीत तिमि रोएको पल सार्वजनिक भएसंगै चर्चामा आएको फिल्म हो ’’ऐश्वर्य’ । अर्जुन पोखरेलको संगीत र शब्द रहेको यस गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिइएका छन् ।

पहिलो फस्टलुकमै आएको गीतले यसको हाईप बढाउनमा मात्र मदत गरेन फिचरिङ भएका अभिनेता रमेश उप्रेतीको नयाँ लुक्स र डेब्यु अनुहार दीपिका प्रसाईंलाई पनि चिनाउन मदत गर्यो । जोमसोम , मुस्ताङ , पोखरा लगायतका मनोरम दृश्यमा छायाँकन गरिएको यस गीतलाई सुदीप बरालले खिचेका हुन् भने यसमा तेन्जु योन्जन र एन्जिला खत्रीको कोरियोग्राफी रहेको थियो । यसगीतपछी फिल्मको हाइप मात्र बढेन , राम्रो ट्रेलर बनाउने चुनौती पनि टीमलाइ थपियो । गीतलाई युट्युबमा ३५ लाख बढीले हेरिसकेका छन् ।

गीतपछी निर्माण टीमले सार्वजनिक गरेको ट्रेलर पनि फिल्मको हाइप बढाउँन मदत गर्यो । ट्रेलर सार्वजनिक भएसंगै मेकिङको चर्चा मात्र भएँन , यसमा प्रयोग गरिएका संवाद पनि चर्चामा रहे । फिल्मका कलाकारहरु रमेश उप्रेती , प्रशान्त ताम्राकार , दीपिका प्रसाईं , केकी अधिकारी , निर्मल शर्मा , अर्जुन श्रेष्ठ , तेन्जु योन्जन , अर्जुन जंग शाही लगायत फिल्ममा देखिए पनि रमेश र प्रशान्तको संवादले चर्चा पायो । निर्देशक दिवाकर भट्टराईकै लेखनमा तयार भएको फिल्ममा रमेश र प्रशान्त बीचको टसल देखाइएको छ , जहाँ बोलिएका संवादले जीवन भरेका छन् । कार्तिक ९ मा रिलिज हुने फिल्म ऐश्वर्यको चर्चामा रहेका संवाद यस्ता छन् ।

रमेश उप्रेती

खेल तेरो , मैदान तेरो , खेलाडी पनि तेरो तर जित मेरो लाईफ ब्याक एण्ड व्हाइट जस्तो मात्र लाग्थ्यो तर आज फिल गर्दैछु लाइफ यति रंगीन रहेछ ।

 

दीपिका प्रसाईं

मलाई दुइ वटा कुरा देखि निकै घृणा लाग्छ , सस्तो समान अनि सस्तो मान्छे ।

 

प्रशान्त ताम्राकार

यो संसार जित्नेहरुको हो चाहे जसरि होस् , जित्नेहरुकै नाम हुन्छ

बिजनेसले टाउको दुखाउछ तर प्रेमले मुटु दुखाउछ

एकनाले बन्दुक , दुइ नाले बन्दुक , मृगलाई ताकेको , मृगलाई हैन मायालाई ताकेको

शाम दाम दण्ड वेद चाहे जे सुकै गर्नु परोस , मलाइ त्यो ऐश्वर्य चाहिएको छ

 

डायलग कसरि तयार भन्ने जिज्ञाषालाई लेखक तथा निर्देशक भट्टराईले मेटाउनु हुनेछ , उहालाई 9841103811 मा सम्पर्क गर्न सक्नु हुनेछ

प्रतिक्रिया