अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 08:25

दक्षिण कोरियामा हुने ‘ब्राइडल अवार्ड’मा नेपालको प्रतिनिधित्व सिम्रन खड्काले गर्दै

बिआरटीनेपाल २०७४ असोज ३१ गते ६:१८ मा प्रकाशित

दक्षिण कोरियाको सउल शहरमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ अन्तर्गत रहेको ‘ब्राइडल अवार्ड २०१७’मा नेपालको प्रतिनिधित्व सिम्रन खड्काले गर्ने भएकी छन् । कोटेस्वरकी २० बर्षिया खड्कालाई नेक्स्ट मोडल्स नेपालले उक्त अवार्डमा पठाउन लागेको हो ।

नेपालीका लागि अन्तराष्ट्रिय मोडलिङ अवार्डको ढोका खोल्न सिम्रन सफल भएको बताउँदै नेक्स्ट मोडल्सका अध्यक्ष रबि धमलाले टाइटल समेत उनले नेपाल भित्र्याउने बिस्वास आफुलाई रहेको बताए ।

२० देखि २४ अक्टुबरसम्म आयोजना हुने यो अवार्डमा २५ देशका ४५ उत्कृष्ट मोडलहरुको सहभागीता रहनेछ । सिम्रन केही महिना पहिले राजधानीमा आयोजित ‘मोडल हन्ट नेपाल २०१७’की फष्ट रनर अप विजेता हुन् ।

बिभिन्न देशको कलासंस्कृती, भेषभुषा प्रदर्शन गर्ने उदेश्यले आयोजना हँुदै आएको अवार्डमा खड्काले डिजाइनर रेखा मोदी मित्रुकाले तयार पारेका नेपाली कलासंस्कृती झल्कने, मौलीक र राष्ट्रिय पहिरन सहित प्रस्तुति दिनेछिन् ।

देशको कलासंस्कृती अन्तराष्ट्रिय स्तरमा पुर्याउन र अन्तराष्ट्रिय मोडलिङ अवार्ड स्वदेश भित्र्याउन आफु सहभागी हुन लागेको खड्काले बताइन् ।

प्रतिक्रिया