अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

नेपाली संघ-संस्थाले वेवास्ता गरेकोमा क्यालिफोर्निया क्षेत्रका आगलागी पिडित नेपाली दु:खी

बिआरटीनेपाल २०७४ असोज ३० गते १०:२३ मा प्रकाशित

एकातिर गैह्र आवासिय नेपाली संघको विश्व सम्मेलन र नयाँ नेतृत्व चयनका लागि चुनावी मैदानमा बिभिन्न एजेण्डा र आश्वासन बोकेर उमेद्वारहरु उत्रेका छन् भने अर्को तिर क्यालिफोर्निया राज्यको सान्तारोजा ,नापा, सोनामा, लगायतका क्षेत्रमा केही दिन अघि लागेको भिषण आगलागिबाट त्यहाँ रहेका नेपालीहरु पनि ठुलो संख्यामा प्रभावित भएका छन् र उनिहरु गुनासो गरिरहेछन् आफ्नो अवस्थाप्रति नेपाली संघ संस्थालाई जानकारी हुँदा पनि वेवास्ता गरिरहेको भन्दै ।

पिडितहरुले मात्र होईन त्यस क्षेत्रका ब्यवसायि नारायण सोम्नामेले समेत नेपाली यति ठुलो शोक र बिचल्लीमा पर्दा नेपालीका नाममा खुलेका संघ संस्थाले सहयोग गर्नु त परै जावस् के छ कस्तो छ भनेर सहानुभुती सम्म नदेखाएकोमा दुख ब्यक्त गरेका छन् । साना-साना कुरामा प्रेश विज्ञप्ती जारी गर्ने यस्ता संस्थाले यो विपत्तीमा कुनै चासो सम्म नराखेपछि नारायण सोम्नामेले दुखेसो पोखेका हुन् ।

आफुलाई पर्दा ठुला ठुला कुरा गर्दै सहयोगको माग गर्ने, जनता गुहार्ने अमेरिकामा खुलेका संस्था र नेपाल सरकारका प्रतिनिधीहरु यति ठुलो पिडामा मौन बस्नुले अप्ठ्यारामा परेका नेपालीले आस र विश्वास गर्ने आधार टुटेको भन्दै सोम्नामेले नेपालीहरुलाई यस्ता गैह्र जिम्मेवार ब्यक्ती र संस्थाले भोट माग्ने र आफुलाई माथि लानका लागि मात्र प्रयोग गरेको यो घटनाले पुष्टि गरेको बताए ।

 

प्रतिक्रिया