अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

थापाको अध्यक्षतामा सिपाडोल खानेपानी आयोजना गठन

बिआरटीनेपाल २०७४ असोज ३० गते ३:२१ मा प्रकाशित

उपत्यकामा पानीको अभाव चुलिँदै गर्दा भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा ८ का उपभोक्ताले पानीको अभाव झेल्नु परेको छैन । यस क्षेत्रका उपभोक्तालाई खानेपानीको सहज उपलब्धताको उदेश्यका साथ सिपाडोल खानेपानी आयोजना बोज बहादुर थापाको अध्यक्षतामा एक समिति गठन गरिएको छ ।

भक्तपुर जलस्रोत विभागमा दर्ता गरिएको समितिमा उपाध्यक्ष शसि बस्नेत, सचिव विश्वराम थापा, सह सचिव सुरज सापकोटा र कोषाध्यक्ष संगिता थापा रहेका छन् । यसैगरी सदस्यहरुमा क्रमशः बच्चुराम थापा, सुरज घेमसु, राजकुमार दुलाल, अन्जना नेपाली, ज्योती थापा र दिपक बस्नेत रहेका छन् ।

समितिका अध्यक्ष थापाले सिपाडोल क्षेत्रमा रहेको मुहानको पानी तथा अपुग भएमा बोरिङ्ग गरि सस्तो सुलभमा २ हजार देखि २ हजार पाँच सय घर धुरीलाई पुग्दो मात्रामा पानी उपलब्ध गराउने आफूहरुको योजना रहेको बताए ।

उक्त क्षेत्रमा पानीको ब्यवस्थापन गर्ने झण्डै चार वर्षको समय लाग्ने तथा पानी बितरण प्रक्रियासम्म ल्याउँदा झन्डै १२ करोडको लागत लाग्ने आयोजनाका प्रमुख सल्लाहकार राजनकाजी त्वातीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू