अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 06:08

मोगादिशु बिष्फोटमा मृत्यु हुनेको सङ्ख्या २७६ पुग्यो

बिआरटीनेपाल २०७४ असोज २९ गते २२:३८ मा प्रकाशित

सोमालियाको राजधानीमा रहेको मोगादिशु सफारी होटेलमा शनिवार भएको विष्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २७६ पुगेको सोमालियाली अधिकारीले आइतबार जनाएका छन् । एएफ्पीलाई प्राप्त पछिल्लो विवरण अनुसार घटनामा ३०० जना घाइते भएका छन् ।

मृतकमध्ये अधिकांशको शरीर डढेर पहिचान गर्न नसकिने अवस्थामा रहेको बताउँदै प्रहरी अधिकारी इब्राहिम मोहम्मदले एएफ्पीलाई बताउनुभयो, अहिलेसम्म २७६ जनाको मृत्यु भएको छ भने ३०० जनाभन्दा बढी घाइते भएको प्रहरीको अनुमान छ ।

यसपहिले अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विष्पोटका कारण अहिलेसम्म मृत्युहुनेको सङ्ख्या ८५ पुगेको

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराउनुभएको थियो यो । घटनामा गम्भीर घाइतेको सङ्ख्या अझै धेरै रहेकाले मृतक सङ्ख्या अझै केही बढ्नसक्ने उहाँले बताउनुभयो ।
विष्पोटको आइतबारसम्म कुनै समूहले पनि जिम्मेवारी लिएको छैन । (रासस÷एएफ्पी)  फोटो: गुगल सर्च

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू