अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

म्याग्दीमा भूकम्प

बिआरटीनेपाल २०७४ असोज २९ गते २२:३० मा प्रकाशित

म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका चिन्तन तिमिल्सेनाले दिएको जानकारीअनुसार मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

बिहान ५ बजे करिब ५ सेकेन्ड जमिन हल्लिएको स्थानीयले बताएका छन् । त्यसै गरी बेनी आसपास र धौलागिरि गाउँपालिका–७ को ताकमका पनि भूकम्पको ठुलै धक्का महसुस भएको ताकमका गोपाल आचार्यले बताउनुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू