अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४६ | Colorodo: 15:01

कलाकारहरुले तताए डिसीको ‘कलिउड नाईट’ माहौल

बिआरटीनेपाल २०७४ असोज २९ गते १०:३७ मा प्रकाशित
गत अक्टोबर १४ तारिख नेपालका राष्ट्रिय कलाकार सहितको कलिवुड नाइट २०१७ नामक कार्यक्रम मनोरंजन तथा सफलतापूर्वक सम्पन्न भएको छ l बिशेष गरि कार्यक्रममा भाषण ,प्रमाण पत्र वितरण तथा खादा नओढाउने घोषणा गरे अनुसार कार्यक्रम सुनमा सुगन्धित रहन पुग्यो l 
 
कार्यक्रमको बिशेष आकर्षण र महिनौ अगाडी देखि पूर्व अभ्यासमा बिशेष ध्यान दिइएको महा-आमा (सुपर मम ) को प्रस्तुति बेजोड रहेको थियो l र ,एकै प्रकारको फरियामा महिला कलाकारहरुको प्रस्तुति उत्कृष्ट रहेकोले पुन : प्रस्तुति गर्न समेत दर्शकले माग गर्दै कर्तल ध्वनिले सम्मान गरेका थिए l 
कार्यक्रमको प्रारम्भमा अमेरिमा जन्मेका किशोरीहरुको तिहारको भैलिनी गीत ,मखमली चोली चाहिदैन सहितको धुनमा गरिएको नृत्य बेजोड रहेको थियो l यसै गरि कार्यक्रममा २ सय भन्दा ज्यादा चलचित्र अभिनय गरि सकेका नृत्य गर्न सिपालु र नायक दिलिप रायमाझी र कलाकार सुनिक्षा मैनालीको कुटुमा कुटु सुपारी दाना उत्कृष्ट प्रस्तुति रहेको थियो l 
 
नायिका झरना थापाले मलाई छम छम नाच्न मन लाग्यो भन्ने गीतमा पहिलो प्रस्तुति गरेकी थिइन् भने दोश्रो उनले नायक जीवन लुइँटेल लाई साथ दिएकी थिइन् l उनले अमेरिकामा पहिलो पटक प्रस्तुति गरेकी थिइन् l 
नायक जीवन लुइँटेलले नृत्य निर्देशक लुनाश्रेष्ठ संग मेरो लाहुरे आउछ रे ,म त मर्छु पो क्या हो ठुली भन्ने गीत गाउदा दर्शकले सिट्ठी बजाउनुको ताली बजाएका थिए l नेपाल ताराका प्रथम बिजेता दिपक लिम्बुले मैले माया गर्न जानिन होला र हेन्डसम हेन्डसम कान्छा दुई वटा गीत प्रस्तुत गरेका थिए l नायक राज बल्लव कोइरालाले कविता प्रस्तुत गरे भने कलाकार स्व. कृष्ण श्रेष्ठलाई सम्झना गर्दै केहि कुरा राखेका थिए l 
हास्य कलाकार रतन सुबेदीको हवल्दारको प्रस्तुति र रातो भाले क्वाया क्वाय सुत्केरीलाई ख्वाए गीतको प्रस्तुति मनोरंजन रहेकोले दोहोर्याउन समेत दर्शकले आग्रह गरेका थिए l कलाकार अमृत लामाले सुनिक्षा मैनाली संग नृत्य प्रस्तुति गरेका थिए l 
हास्य कलाकार गोपाल नेपाल( फिस्टे ) र पुस्कर पन्तको प्रहसन बिशेष रहेको थियो भने युवा नृत्य निर्देशक नविन केसी तथा लुना श्रेष्ठले मलाई थाहा छैन भन्ने गीतमा गरेको नृत्य प्रस्तुति बेजोडको रह्यो l लोक गायक राम प्रसाद खनाल ,कलाकार राजेश नाथ (बैतडी बाजे )तथा अन्य केहि स्थानीय कलाकारहरुले प्रस्तुति गरेका थिए l कलाकार मिनाक्षी बन्दना तथा संचारकर्मी परसु तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए l 
 
कार्यक्रम अगाडी र पछाडी कुनै भाषण तथा सम्मान कार्यक्रम नगरी सबैलाई एकसाथ मंचमा बोलाउदै कार्यक्रम समापन गरिएको थियो l
 
 
तस्बिर :राजिव श्रेष्ठ 
प्रतिक्रिया