अनुवाद वेरितको भए अमेरिकी अद्यागमन विभागले निवेदन खारेज गर्न सक्छ- विनोद रोका,

बिआरटि नेपाल सम्बाददाता

अमेरिकी अद्यागमन विभागको नेब्रास्का सर्भिस सेन्टरले अमेरिकन ईमिग्रेशन लयर्स एसोशिएसनलाई सेप्टेम्बर २०१७ मा दिएको जानकारी अनुसार अमेरिकामा ग्रिनकार्ड वा अन्य अस्थायी भिसाको सुविधा पाऊनका लागि विदेशी नागरिकले दिएको निवेदनमा अङ्ग्रेजी भाषादेखि बाहेकका अन्य भाषाका लिखतहरु पेस गर्दा यहाको नियमले तोके बमोजिम रित नपुगेका अवस्थामा सो निवेदन खारिज हुनसक्ने जानकारी गराएको छ।

नेपालबाट नेपाली भाषाका लिखतहरु अङ्ग्रेजी भाषामा नोटरी बप्लीकको छाप हानी ल्याएका लिखत यहाको नियमले तोके अनुसार रित नपुग्ने (-8 CFR § 103.2(b)(3) हुँदा नेपालीहरूले दिएको निवेदनहरु खारेज हुने वा धेरै समय पछि अद्यागमन विभागले रितपुर्वको अनुवाद गरिएको सर्टिफिकेट राखी कागज पेस गर्ने आदेश दिएको पाइन्छ। अमेरिकी कानुन अनुसार नोटरी पब्लिक र अनुवादकर्ता एउटै व्यक्ति हुन सक्दैन। किनकि नोटरी पब्लिकले कुनै व्यक्तिले आफ्नो अगाडी आएर स्ही गरेको हो भनी प्रमाणित गर्दछ भने अनुवादकर्ता कुनै पनि सक्षम व्यक्ति हुन सक्दछ। उसले लाईसेन्स पाएको हुनु पर्दैन। अमेरिकी अद्यागनले तोकेको सर्टिफिकेटको ढाचा यस्तो पाइन्छ।

Certification of Translation

I, … . . . . . . . , hereby certify that I have translated this document from Nepali into English as presented to me for translation. I am competent with both Nepali and English languages. It is accurate translation to the best of my knowledge and ability.

Name:    Address:        Tel:

Sworn  to before me on this__ day of —–20—-.

Notary Public

यो समस्यालाई मैले व्यक्तिगत रूपबाट धेरै वर्षदेखि उठाऊदै आएको छु। तर कार्यान्वयन हुन सकेन। मेरा समकालीन साथीहरू चार जना नेपालका महान्याधिवक्ता भए। उनीहरू नोटरी पब्लिकको पदेन अध्यक्ष हुँदा रहेछन्। त्यस्तै नेपाल वारका अध्यक्षहरु सदस्य हुने रहेछन्। मैले उनीहरू प्राय सबैलाई भने। अनि यो काम गर्नलाई कुनै ऐन वा नियममा संशोधन गर्न  नपर्ने रहेछ। नोटरी पब्लिकको लाईसेन्स दिएका व्यक्तिहरूलाई अबदेखि यसो गर्नु भनी परिपत्र गरिदिए पुग्छ। सबैले हुन्छ यो गरी हाल्छौ नि भने तर अहिलेसम्म भएको छैन। यो काम पैसा लिएर अनुवाद गर्ने नोटरी पब्लिकले गर्दा पनि हुन्छ। कसैको निर्देशनको आवश्यकता पर्दैन। मैले बुमmन सकेको छैन नेपालमा हुन सक्ने कुरा पनि हुन नसक्नुमा के रहस्य लुकेको छ।

नेपालबाट त्यत्रो पैसा तिरेर नेपालीको अङ्ग्रेजीमा अनुवाद गराएर नोटरी पब्लिकको सही र छाप लगाएर ल्याएको कागज पनि अमेरिकाको अद्यागमन विभागले रितपूर्वकको अनुवाद नभएको कारण खुलाई परिणाम आउने बेलामा पुन रितपुर्वकको अनुवाद गरिएको कागज पेस गर्नु  भनी पत्र आएपछि कतिपय आप्रवासीहरुले मलाई सोध्ने गर्नुभएको छ अब के गर्नेर रितपूर्वकको अनुवाद भनेको के होर आदि। त्यस्तै यसरी अनुवाद गरिएका अन्य कतिपय लिखतहरुमा आफ्नो दाबीलाई पुष्टि गर्ने ठाउँमा आफैलाई खण्डन गर्ने वा अपठ्यारोमा पार्ने शब्दहरू अद्यागमन अदालत समक्ष पाइएको दृष्ठान्त पनि छन्।

यसरी रित नपुरयाई अनुवाद गर्ने अनुवादकहरु अमेरिकामै पनि भेटिन्छन। किनकि कतिपय अनुवादकर्ताहरुलाई यस विषयमा प्रयाप्त जानकारी हुँदैन र अनुवाद गरिएको लिखत चाहिने व्यक्ति पनि सधैँ व्यावसायिक मान्छे समक्ष पृग्दैनन जब सम्म अपठयारो पर्दैन। अत प्रस्तुत लेखमा नेपालीभाषाबाट अंग्रेजीभाषामा अनुवाद गरिदा के रित नपुगेकाले यस्तो समस्या आउने गर्दछ भन्ने विषयमा केही चर्चा गरिएको छ।

पहिले नेपालबाट कानुन किताब व्यवस्था समितिले अङ्ग्रेजीमा अनुवाद गरेर अधिकृतको सही र समितिको छाप अनि परराष्ट्र् मन्त्रालयको कन्सुलर शाखाले पनि स्हीछाप हानेर दिएको हुन्थ्यो भने अहिले नोटरी पब्लिकले अनुवाद गरेर सही गरी नोटरी पब्लिकको छाप हानिदिएको हुन्छ। यी दुवैनै नेपालको प्रचलित कानुन अनुसार नेपाली लिखतलाई अङ्ग्रेजीमा अनुवाद गर्न पाउने निकाय वा व्यक्तिहरू हुन। तर अनुवादकर्ताहरुलाई थाहा हुँदैन ती अनुवाद गरिएका अङ्ग्रेजी भाषाका लिखतहरुमा अमेरिकी अद्यागमन कानुनले तोकेको सर्तहरू पुरा नभएको कारणले मान्यता पाऊदैनन र व्यक्तिहरूले दुख पाऊछन।

अमेरिकी अद्यागमन कानुनले यसरी अनुवाद गर्ने व्यक्ति कुनै निकायाबाट परीक्षा उत्तीर्ण भएर अनुवाद गर्ने र छाप हान्ने अधिकार पाएकै हुनु पर्छ भन्ने व्यवस्था गरेको छैन। यसरी अनुवाद गर्ने व्यक्ति परिवारको सदस्य देखि लिएर अरू जो सुकै व्यक्ति पनि हुन सक्दछन जो दुवै भाषामा पोख्त छन्। अनुवाद गर्ने व्यक्तिले आफूले अनुवाद गरेको हु भनी लेखेको लिखतलाई  नोटरी पब्लिक समक्ष उपस्थित भई प्रमाणित गर्नु पर्ने आवश्यकता पनि हुँदैन। यद्यपि आफ्नो परिवारका सदस्यहरूले गरेको अनुवादलाई भने कहिलेकाहि आन्यता दिन कन्सुलर अफिसर वा अद्यागमन अधिकारीहरूले हिचकिचाऊन सक्ने सम्भावना रहन्छ। यसरी दुवै भाषामा दक्षता भएको व्यक्तिले अनुवाद गरेको लिखतको अगाडी तलको वा यस्तै कुनै अर्को व्यहोरा जनिएको सर्टिफिकेट पेस गरेमा त्यस्तो लिखतलाई अमेरिकी अद्यागमन अदालत वा विभागले मान्यतदा प्रदान गर्दछ। किनकि अनुवाद गरिएको लिखतमा नेपालीमा रहेको हुबहु व्यहोरा अनुवादकर्ताले उल्लेख गरेका छन् भनी विश्वास गर्ने आधार भेटदछन। अनुवादकर्ताले एउटै व्यक्तिसँग सम्बन्धित लिखतका धेरै पन्नाहरु अनुवाद गरेको भएमा तपसिलमा अनुवाद गरिएका लिखतहरुको नाम उल्लेख गर्न पनि सकिन्छ। तर वेग्ला बेग्लै लिखतमा बेग्लाबेग्लै सर्टिफिकेट हुनु उचित हुन्छ।

नेपालबाट तत्कालीन अवस्थामा कानुन किताब व्यवस्था समितिले अनुवाद गरी छाप हानि परराष्ट्र् मन्त्रालयका कन्सुलर अफिसरले अनुवाद भएको लिखतलाई ब्गतजभलतष्अबतष्यल  प्रमाणिकरण गरेको भएता पनि अनुवाद गर्ने व्यक्ति नेपाली र अङ्ग्रेजी दुवै भाषामा पोख्त वा दक्ष हो कि होइन भनी खुलेको देखिँदैन। त्यस्तै हाल नेपालको नोटरी पब्लिक ऐन अनुसार लिखतको अनुवाद गर्ने ईजाजत प्राप्त गरेको नोटरी पब्लिकले पनि नेपालीबाट अङ्ग्रेजी भाषामा अनुवाद गर्दा प्राय “The Translation Copy is True and Verified” मात्र लेखेको नोटरी पब्लिकको स्टाम्प राखेको देखिन्छ तर ती व्यक्ति दुवै भाषामा दक्ष हुन कि होईनन भनेर खुलार्ईएको हुँदैन। किनकि अनुवादकर्ताको दक्षता र लिखतको प्रमाणिकिकरण भन्ने विषयवस्तु एउटै होइनन। यहाँ हेरीने प्रश्न लिखतको प्रमाणिकरण होइन कि अनुवादकर्ताको दक्षताको प्रमाणिकरण हो।

नेपालमा नोटरी पब्लिक भन्ने व्यक्ति दुवै भाषामा दक्ष भएकै कारणले नोटरी पब्लिकको लाईसेन्स पाएका हुँदा त्यस्तो व्यहोरा खुलाई रहनु नपर्ने भन्ने मानसिकता रहेपनि विदेशमा रहेका न्यायिक वा अर्धन्यायिक विषयमा निर्णय गर्ने अधिकारीलाई त्यस्को जानकारी हुँदैन। र सयौ व्यक्तिका विषयमा निर्णय गर्नुपर्ने अद्यागमन अदालतका न्यायाधिश वा अधिकारीले यहाको प्रचलित नियमा वा आफ्नो विभागले दिएको निर्देशिकालाई आधार बनाऊछ कुनै पनि लिखत रितपूर्वक अनुवाद भएर आएको छ कि छैन भन्नका लागि। निजहरुलाई नेपालको कानुनमा यस सम्बन्धमा के व्यवस्था रहेछ भनी हेर्ने फुर्सद हुँदैन र जान्नुपर्ने आवश्यकता पनि पर्दैन किनकि कानुन वमोजिमको सुविधा पाऊनका लागि निवेदन गर्ने व्यक्तिले नै आफ्ना प्रमाणहरु रितपुरयाएर पेस गर्नु पर्दछ। त्यसैले अदालतका न्यायाधिशहरुले यस्ता लिखतलाई रित नपुगेको हुँदा प्रमाणको रूपमा मान्यता नै दिदैनन। अनि कागज पेस गर्ने व्यक्तिको प्रमाण मिसिलमा वा फाइलमा रहेर पनि उस्का लागि त्यो वेरिते लिखत मद्दतगार हुन सक्दैनन।

अत पक्षहरूको हितलाई ध्यानमा राखेर नोटरी पब्लिकका लाईसेन्स पाएका व्यक्तिहरूले पक्षले गरेको दाबीलाई ध्यानमा राखेर त्यसैको मर्मलाई समेटने अङ्ग्रेजी भाषाका शब्दहरू चयन गरी अनुवाद गरेको लिखतको अनुवाद गरेको सटिैफिकेट अर्को नोटरी पब्लिकको अगाडी गै सही गरिदिनु उचित हुन्छ। व्यक्तिहरूले पैसा खर्च गरेर आफ्नो काम बनोस भनी ल्याएका अनुवादीत लिखत पेस गर्दा दिएको निवेदन खारिज हुने वा फेरी रित पुगेको अर्को लिखत पेस गर्ने अवस्थाबाट पर्ने असर पिडादायी हुन्छ पक्षहरुलाई। अपेक्षा गर्दछु नेपालका जिम्वेवाद व्यक्तिहरूले यस विषयमा ध्यान दिने छन्।

 

# बिनोद रोका, एर्टनी एट ल, लामो समय देखि कानुन व्यवसायमा संलग्न हुनुहुन्छ। रोकाको ल अफिस न्युर्योक सहरको ऊडसाईड क्वीन्समा रहेको छ। प्रस्तुत लेख पाठकको सामान्य जानकारीको लागि मात्र हो सल्लाहको लागि होइन। तपाईँको कुनै कानुनी समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको फोन ७१८ ६०६ ९७३३ मा सम्पर्क राख्नृ होला। अरू जानकारीका लागि www.binodlaw.com मा क्लिक गर्नुहोस्।

Published on October 14, 2017 at 7:22 am

Loading...

यसमा तपाइको मत