अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

NRNA- ‘ग्लोबल सम्मेलन’का लागि जापानबाट आएका अनुज थापा महाधिवेशनस्थलबाटै पक्राउ

बिआरटीनेपाल २०७४ असोज २८ गते ६:४९ मा प्रकाशित

एनआरएनएको ‘आठौँ ग्लोबल सम्मेलन’मा सहभागी हुन जापानबाट आएका आइसीसी सदस्य अनुज थापालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरी हिरासतमा लिएको छ । गैर नेपाली सङ्घ जापानकको पछिल्लो निर्वाचनमा अध्यक्ष प्रत्यासी बनेर पछि सहमतिमा आइसीसी सदस्य चयन भएका उनलाई जापानी विश्वविद्यालयको ७ करोड रुपैयाँ ठगी अभियोगमा आज (शनिवार) महाधिवेशनस्थलबाटै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो।

लामो समयदेखि जापानमा रहँदै आएका थापामाथी जापानमा रहेको एउटा विश्व विद्यालयको शाखा नेपालमा खोल्छु भनेर ७ करोड नेपाली रुपैयाँ लिएका थिए। तर उनले सो रकम जापानी विश्व विद्यालयको शाखा खोल्नमा नभई आफ्नो घर र गाडी किनेको र त्यही घर धितो राखेर थापाले बैङ्कबाट ऋण निकाल्नु साथै २०७२ को भूकम्पले उनको घर चर्किएपछि फेरि मर्मतका लागि भन्दै बैङ्कबाट अर्को किस्ता ऋण झिकेको आरोप छ ।

थापा नेपाल पर्यटन बोर्डको जापानस्थित पर्यटन प्रतिनिधि पनि रहेका थापाले नेपालमा विश्वविद्यालयको शाखा खोल्न पैसा दिएको वर्षौं बितिसक्दा पनि कुनै प्रगति भएको नेदेखेपछि उनलाई पैसा उपलब्ध गराउने जापानी प्राध्यापकले थापासँग पैसा फिर्ता मागेका थिए। जापानमा पैसा फिर्ता मागेपछि उनी टोकियोको रेष्टुरेण्ट ठेक्कामा लगाएर लामो समय नेपालमै बस्न थालेका थिए । यस अघि एनआरएन जापानको महासचिव रहेका उनी एनआरएन सम्मेलनमा भेटिने कुरा थाहापाएपछि ती जापानी प्रध्यापक पनि नेपाल आइपुगे र उनले थापा विरुद्ध नेपाल प्रहरीमा उजुरी दिएपछि उनलाई महाधिवेशन स्थलबाटै शनिवार दिउँसो पक्राउ गरिएको हो ।

प्रहरी परिसर प्रहरीका अनुसार थापालाई प्रकाउ गरी जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमति लिई ठगी अभियोगमा अनुसन्धान भइरहेको छ भने अनुज थापा नेपाली सेनाको कर्नेलको छोरा भएको र माथिसम्मै पहुँच रहेको भन्दै प्रहरीलाई धम्क्याइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू