अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

क्यालिफोर्नियाको डढेलोबाट ३३ मृत्यु, सयौ बेपत्ता

बिआरटीनेपाल २०७४ असोज २८ गते ६:३१ मा प्रकाशित

अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ३३ को मृत्यु हुनुको साथै अन्य सयौ बेपत्ता रहेका सरकारी अधिकारीहरूले शुक्रवार जानकारी दिएका छन् ।

अमेरिकामा करिब २० वर्ष अगाडी अर्थात् सन् २००१ को सेप्टेम्बर १ भएको भीषण डढेलोपछि अमेरिकी अग्निनियन्त्रकहरुले ठुलो सङ्ख्यामा ज्यान गुमाउनु परेको यो नै एक भयानक घटना भएको जनाइएको छ ।

गत आइतबार साँझबाट जङ्गलमा लागेको डढेलोपछि सहर बस्तीमा छिरेको थियो । आइतबार रातीदेखि लागेको भीषण डढेलोमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या शुक्रवार बेलुकासम्म ३३ पुगेको र अझै अरू सयौँ व्यक्ति हराइरहेका बताइएको छ ।

यसलाई क्यालिफोर्नियाको इतिहासमा नै प्राकृतिक प्रकोपबाट भएको यो सबैभन्दा ठुलो क्षति भएको बताइएको छ । (रासस÷एएफपी)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू