अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

NRNA NCC युवाहरुका चुनौतीहरू – स्वराज खाती

बिआरटीनेपाल २०७४ असोज २८ गते ६:१६ मा प्रकाशित

नेपालको राजधानीमा हुँदै गरिएको 8th NRNA ग्लोबल कन्भेन्सन/आइजिए सम्पूर्ण प्रवासी नेपालीहरूको आशा र भरोसाको केन्द्र बिन्दु हुन पुगेको छ । उक्त विश्व सम्मेलनले प्रवासी नेपालीहरूको भावी सन्ततीहरुको भविष्य समेतलाई प्रभाभित पार्ने भएकोले स्वदेश र विदेशमा बस्ने प्रत्येक सचेत नागरिकहरूको ध्यान आकर्षण त्यस तर्फ़ हुनु स्वाभाविक नै हो । विगतको विश्वसम्मेलनको अनुभवहरुलाई फर्केर हेर्दा अनुत्पादक गुटबन्दीको कारणले NRNA USA दिशाहिनताको चरम सिकार हुन पुगेको तितो अनुभव छ । त्यस कारण प्रवासी नेपालीहरूको समस्या माथि खुला बहस हुन अवाश्यक देखिन्छ । विगतका अनुभवबाट पाठ सिक्दै प्रतिनिधिहरूको बिचमा गम्बिर छलफलबाट समस्याहरूको पहिचान र निधानको उपायहरुलाई एक धिक्का बनाएर बिश्वसमेलनमा प्रतिनिधिहरूको सहभागितानै NRNA अमेरिकाको मान मर्यादा अनुकूल हुनेछ । नत्रभने “कामकाज एकातिर कुम्लोबोकी ठिमीतिर” भन्ने नेपाली उखान प्रमाणित हुनसक्छ । NRNA USA का धेरै समस्याहरू छन् । मेरो कार्यक्षेत्र युवा तथा विद्यार्थीहरू संगनै बढी सम्बन्धित भएकोले त्यस तर्फ़ केन्द्रित हुन चाहन्छु ।

संयुक्त राष्ट्रिय सङ्घले सन् २००० अगस्त १२ देखि विश्वब्यापी रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागेको हो । सन् २००० देखि २०१७ सम्म अन्तर्राष्ट्रिय स्तरमा युवा हितको लागि गरिएको निर्णयहरुलाई अध्ययन गर्दा धेरै महत्वका विषयहरू समेटिएको पाइन्छा । दुरर्भाग्यबस: अहिलेसम्म एनआरएन युवाहरूले त्यस एतिहासिक घोषणाको महत्वलाई आत्मसात गर्न पाएका छैनन् । यसो हुनु पछाडिको मुख्य कारण युवाहरूको हक र हित प्रति सम्बंधीत पक्षको ध्यान कम हुनु हो । त्यसै गरी NRNA को विधानमा युवाहरूको अधिकारलाई अतिनै सङ्कुचित घेरा भित्र राखिएको हुनाले प्रवासी नेपाली युवाहरू साझा भविष्य निर्माण र आफ्नो समुदाय प्रतिको जिम्मेवारी बहनमा चुकेको महसुस गर्दछन् जसले गर्दा युवा नेतृत्व विकासमा ठुलो बाधा पुगेको देखिन्छ । विश्व सम्मेलनमा सहबगी युवा प्रतिनिधिहरूले प्रवासी नेपाली युवाहरूको व्यापक हितलाई ध्यान राखेर एक स्वायत संरचना भित्र स्वतन्त्र निर्णय लिन सक्ने YOUTH FORUM को निर्माणको लागि विधान संशोधनद्वारा प्रेरणादायी भूमिका निर्वाह गर्नु  पर्दछ ।

NRNA को समग्र दृष्टिकोणलाई हेर्दा युवा-विद्यार्थीहरूको लागि कुनै प्रेरणादायी भूमिका निर्वाह गरेको देखिँदैन । उनीहरूको NRNA प्रति आकर्षणको अभाव देखिन्छ । यस परिवेशमा समाज विकासको लागि अपरिहार्य रहेको उर्जावन युवा शक्ति मुलधारमा अटाउन नसक्नु भनेको हाम्रो लागि दुर्भाग्यपूर्ण हो । जे जसो भए पनि वर्तमान नेतृत्व पंक्ति र युवा-विद्यार्थीहरूको बिचमा Heart to Heart Connection को खाचो छ । विगतको कमी-कमजोरीहरुलाई सच्याउदै वर्तमान सुधारमुखी हुनुपर्दछ भन्ने मेरो आग्रह हो ।

प्रवासी नेपाली विद्यार्थीहरूको बारेमा मनन गर्दा बर्सेनि अमेरिकामा मात्रै विद्यार्थी भिसा पाउनेको सङ्ख्या १० हजारको हाराहारीमा देखिन आएको छ | विश्वभरि लाखौको सङ्ख्यामा नेपाली विद्यार्थीहरू विदेसिएका छन् भने वैदेशिक रोजगारीमा जाने युवाहरूको सङ्ख्या ६ लाख भन्दा बढी देखिन्छ | यस बारे ठोस वैज्ञानिक तथ्याङ्कको अझै अभाव देखिन्छ । प्रवासी नेपाली विद्यार्थीहरू मध्ये ९० % भन्दा बढी मध्यम र निम्न मध्यम बर्गीयसंग सम्बन्धित भएको हुनाले शिक्षा आर्जनको लागि कठिन संगर्षमय जीवन बिताइरहेका छन् | एस अर्थमा उनीहरूको लागि बढी माया, प्रेरणा र सहयोगको अधिक खाचो छ । हाम्रो राष्ट्र र प्रवासी नेपाली समाजको उन्नतिको लागि विद्यार्थीहरूको ज्ञान, सिप, योग्यता र क्षमता अत्याधिक उपयोग हुन जरुरी छ । दुर्भाग्यवश नेपालको अधुरो कानुन र NRNA भित्रको मौन संस्कृतिले गर्दा हाम्रा उज्ज्वल कर्णधारहरु NRNA को मुलधारबाट टाढा छन् । प्रवासी विद्यार्थीहरूको हक र हितको बारेमा चर्चा गर्दा उनीहरूको भविष्यलाई सहयोग पुग्ने खालको रचात्मक कार्यक्रम तत्काल ल्याउनुपर्ने बढी खाचो छ । उदाहरणको लागि- छात्रवृद्धि, कानुनी तथा मनोबैज्ञानिक परामर्श सेवा, करियर परामर्श , सिपमुलक प्रसिक्षण, संकटकालिन विद्यार्थी कल्याण कोष, संस्कृति , खेलकुद् तथा विविध प्रतिस्प्रधात्मक प्रतियोगिताहरु आदि ।

अत: प्रवासी नेपाली समाजको समय सापेक्ष सामाजिक रुपन्तारंको लागी सम्पूर्ण परिवर्तनकामी अग्रज तथा साथीहरूमा आ-आफ्नो क्षेत्रबाट एक्यबधता जनाउन हार्दिक अनुरोध गर्दछु |

(* खाती युवा संयोजक NRNA NCC USA हुन । )

प्रतिक्रिया