अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२ | Colorodo: 19:07

कोलोराडोमा साईबर सेक्युरिटी सम्बन्धी एक दिने प्रशिक्षण हुँदै

बिआरटीनेपाल २०७४ असोज २७ गते ९:०६ मा प्रकाशित

रक्की माउन्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा कोलोराडोमा साईबर सेक्युरिटी सम्बन्धी एक दिने प्रयोगात्मक प्रशिक्षण हुने भएको छ । साईबर सेक्युरिटी ईन्टरनेशनल संस्थापक साईबर विज्ञ प्रोफेसर डा. रामहरि सुबेदीद्वारा सहभागिहरुलाई तालिम दिइने उक्त प्रशिक्षण आगामी नोभेम्बर ५ तारिख आईतवारका दिन दिउँसो १ बजे हेन्ड्रसनमा हुने भएको हो ।

रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष विनोद त्रिपाठीले बिआरटी नेपाललाई दिएको जानकारी अनुसार प्रशिक्षण कार्यक्रम कोलोराडोमा रहेको याक एण्ड यती रेस्टुरेण्टका सञ्चालक दिनेश भट्टराईको हेन्ड्रसन स्थित घरमा हुनेछ ।

कार्यक्रममा कम्प्युटर, फोन, इन्टरनेट, वाईफाई, सामाजिक संञ्जालमा अपराध कसरि घट्छ र यसको नियन्त्रण कसरि गर्ने भन्ने विषयमा केन्द्रित कार्यक्रमको प्रयोग गरेर पनि देखाइने भएको छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरनेशनल अमेरिका र नेपालद्वार विगत २ वर्ष देखि नेपालका विभिन्न जिल्लाहरूमा स्कुल, क्याम्पस, कार्यालयहरूमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आइरहेको छ ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान बिभागले साईबर सुरक्षा सल्लाहकारको रूपमा नियुक्ति लिएका प्रशिक्षक डा. सुबेदीका अनुसार अमेरिकाको वासिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरूमा साईबर सेक्युरिटी ईन्टरनेशनलको उपशाखाहरु पनि रहेको छ जसबाट हाल सम्मका कार्यक्रमहरुबाट २० हजार भन्दा बढी सहभागीहरू लाभान्वित भैसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू