अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

सुन्दरादेबी संदेश साप्ताहिकको बार्षिक उत्सब तथा खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

बिआरटीनेपाल २०७४ असोज २७ गते ८:२७ मा प्रकाशित

नुवाकोट जिल्लालाई कार्यक्षेत्र बनाएर बिगत पाच बर्ष देखि प्रकासन भईरहेको सुन्दरादेबी संदेश साप्ताहिकले आफ्नो छैठौ बार्षिक उत्सब मनाएको छ |नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानको उपकुलपति तथा बरिस्ठ संगीतकार शम्भुजित बास्कोटाको प्रमुख आथित्यमा सम्पन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले नेपालि गित संगीत क्षेत्र तथा नाट्य क्षेत्रले नेपालि भूमिलाई चिनाएको बताउनु भयो |

उहाले भन्नु भयो गीतसंगीत मानब जिबनको अभिन्न अंग हो |यसको सहि परिचालनले नै मानब जिबन पूर्ण हुने पनि उहाको धारणा थियो |साथै उहाले गीतसंगीत अनि कलाकारिता क्षेत्रमा सुन्दरादेबी संदेश साप्ताहिकले पुराएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो |कार्यक्रमको बिशेस अतिथि चलचित्र पत्रकार संघको निबर्तामान अध्यक्ष. गीतकार अनि बरिस्ठ रंग पत्रकार शान्तिप्रियले पत्रकारिता क्षेत्र अनि रंग पत्रकारिताको बारेमा आफ्नीओ धारणा व्यक्त गर्नु भयो |पत्रिकाको प्रकासक किरण अधिकारिको सभापतित्वमा सम्पन कार्यक्रममा अर्का बिशेस अथिति नेपाल प्रेस युनियनको पुर्ब केन्द्रीय सदस्य शिब देबकोटाले मोफसलको पत्रकारिता बारे आफ्नो धारणा राख्नु भयो |

कार्यक्रममा सुन्द्रादेबी संदेश साप्ताहिकको आयोजनामा भएको सुन्द्रादेबी संदेश म्युजिक अवार्डमा घोषणा गरिएको लाईफ टाईम एचिभमेन्ट अवार्ड ग्रहण गर्न बिशेस कारणले उपस्थित हुन नसक्नु भएकोले शम्भुजित बास्कोटालाई आजको कार्यक्रममा नगद रु ११ हजार १ सय ११ सहित हस्तान्तरन गरिएको थियो |कार्यक्रममा बरिस्ठ संगीतकार सन्तोष श्रेष्ठ लगायत एक दर्जन कलाकारको उपस्थित भएका थिए |

खुल्ला नृत्य प्रतियोगितामा समुह तर्फ अर्किड एकेडेमी प्रथम ,ब्रिलियंत एकेडेमी दृतिय र भैरबि एकेडेमी तृतीय भएका छन् भने एकल तर्फ निता तामांग प्रथम ,स्मृति रिजाल दृतिय र सोनियान लामा तृतीय भएका छन |छैठौ बर्ष प्रवेशको बिशेस कार्यक्रममा विशेषांकको प्रमुख अथिति बास्कोटा लगायत अन्य अथितिहरुले बिमोचन गर्नु भएको थियो |

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू