अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१० | Colorodo: 04:25

विल्सन विक्रम राई मुख्य भुमिकामा रहेको चलचित्र ‘सकस’को पोष्टर सार्वजनिक

बिआरटीनेपाल २०७४ असोज २७ गते ४:२८ मा प्रकाशित

नेपाली कलाकारिता क्षेत्रको हाँस्य बिधामा आफुलाई स्थापित गर्न सफल कलाकार विल्सन विक्रम राईको मुख्य भुमिका रहेको चलचित्र ‘सकस’को पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोष्टरमा विल्सन बिक्रम राईका साथमा महिमा सिल्वाल र सुन्दर श्रेष्ठलाई फिचरिंग गरिएको छ ।

एन।वि महर्जनको निर्देशनमा बनेको यस चलचित्रमा सामान्य मान्छे कसरी गुण्डा बन्छन् र काठमाडौँमा गुण्डाहरुको राज कसरी चल्छ, भन्ने बिषय देखाउन खोजिएको छ।

मौनता श्रेष्ठको लेखन रहेको चलचित्र अक्कल सिंह र दोभान फिल्मस् प्रा लिको प्रस्तुतिमा बनेको हो भने चलचित्रमा कृष्ण श्रेष्ठको छायाँकन, हिमाल केसीको द्वन्द्व, चेतन सापकोटाको संगीत, कमल राई र समिर मियाको कोरियोग्राफी रहेको छ । कात्तिक २५ बाट प्रर्दशनमा आउने तयारीमा रहेको यस चलचित्रका सह–निर्माता सुवाश चन्द्र भट्टराई र खगेन्द्र डाँगी हुन् ।

प्रतिक्रिया