अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२० | Colorodo: 01:35

अभिनेता नीर शाह ७५ औं बर्षमा प्रवेश

बिआरटीनेपाल २०७४ असोज २६ गते ५:२७ मा प्रकाशित

नेपाली सिनेजगतका निकैनै चर्चित कलाकार,निर्माता, निर्देशक तथा गीतकार नीर शाहको आज जन्मदिन परेको छ। आज बाट उनले जिवनको ७५ औं वसन्तमा पाइला टेकेका छन्। वि.सं. २०२४ सालमा हीरासिंह खत्री निर्दे्शित ‘परिवर्तन’बाट चलचित्रको यात्रा सुरु गरेका उनले कुसुमे रुमाल, प्रेमपिण्ड, नाता रगतको, ढुकढुकी, मुनामदन, किस्मत, सानो संसार, बादलपारी, गौथली लगायत तीन सय बढि चलचित्रहरुमा काम गरिसकेका छन् । साथै उनले बलिउडमा पनि केहि फिल्महरुमा अतिथि भूमिकामा काम गरिसकेका छन् ।

उनले नेपाली चलचित्रका धेरै स्क्रिप्ट पनि लेखेका छन् । सुरुमा ७ सय रूपैयाँबाट अभिनय यात्रा सुरु गरेका शाह महँगा चरित्र अभिनेताका रूपमा समेत परिचित छन्। निर्माण र व्यवसायमा समेत सक्रिय शाह सफल गीतकार पनि हुन्। गीतकारको हैसियतमा उनले छिन्नलता पुरस्कार पनि पाएका छन्।

रिल लाईफमा निकैनै चर्चा कमाएका उनी रियल लाईफमा पनि गीतकार, नाट्यकर्मी, चलचित्रकर्मी, कवि र कुशल प्रशासक भएर आफुलाई बहुप्रतिभाशाली ब्यक्तिको रुपमा चिनाएका छन् ।

प्रतिक्रिया