अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

शरदकुमार गौचनको अन्त्येष्टि आज गरिदैं – शहीद घोषणा गर्ने तयारी

बिआरटीनेपाल २०७४ असोज २६ गते ४:४० मा प्रकाशित

सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज (बिहीबार) गरिने भएको छ । बुधबार साँझ बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गौचनको शव परिवारको जिम्मा लगाउने निर्णय गरेको हो ।

महासंघले गौचनलाई शहीद घोषणा नगरेसम्म शव नबुझ्ने बताए पनि परिवारको अनुरोधमा शव बुझिन लागिएको हो । गौचनको शवलाई बिहीबार(आज) महसंघको कार्यालय अनामनगरमा राखेपश्चात अन्त्येष्टि गरिने महासंघले जनाएको छ ।

मृतक गौचनका काका ओमकार गौचनले गृहमन्त्रीले शहीद घोषणाका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई प्रक्रिया चाल्न निर्देशन दिइसकेकाले शव बुझ्न ढिलाई नगर्न आग्रह  गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू