अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०८ | Colorodo: 01:23

अध्यक्ष ‘गौचन’ हत्याको दोषी पत्ता नलागे आन्दोलनमा उत्रन्छौं – महासचिव देउजा

बिआरटीनेपाल २०७४ असोज २३ गते २३:३७ मा प्रकाशित

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षाात्कार कार्यक्रममा बोल्दै महासचिव देउजाले भोली साँझसम्म सरकारले आफना मागहरु पुरा नगरेको अबस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माण लगायतका कामहरु ठप्प पार्ने बताए ।

अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैंसा माग्दै टेलिफोनहरु आईरहेको कारण महासंघका अन्य पदाधिकारीहरु पनि असुरक्षित रहेको उनले जानकरी दिए ।

सरकारले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्ध सहित अध्यक्ष गौचनको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन आग्रह गरे । उनले भने सरकाले हत्याराको खोजीलाई तिव्रता दिएको छ यसको प्रतिफल छिट्टै निस्कने समेत आफूहरु आशाबादी रहेको बताए ।

हत्यामा संलग्न पक्राउ नभएसम्म टिचिङ अस्पतालमा पोष्टमार्टमका लागी राखिएको अध्यक्ष गौचनको शव नबुझने समते उनले चेतावनी दिए । यो घटना राजनीतिक नभई आर्थिक लेनदेनको कारण भएको हुन सक्ने अध्यक्षको हत्या पश्चात आफ्नो कमिटिका बिभिन्न पदाधिकारीलाई आएको फोनका साथै प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू