अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

न्यु योर्क च्याप्टरद्वारा शुभकामना आदान-प्रदान

बिआरटीनेपाल २०७४ असोज २३ गते २३:३६ मा प्रकाशित

अक्टोबर ९, २०१७ का दिन नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नेपाली काँग्रेसका एेतिहासिक व्यक्तित्व माननीय सुर्यमान गुरुङको प्रमुख आतिथ्यमा नेपालीहरूको महानचाड “दसैँ-तिहार, नेपाल संम्वत् र क्षठ पर्व” २०७४ सालको पावन अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अथितिको रूपमा बोल्दै पूर्व मन्त्री सुर्यमान गुरुङले बाम एकताबाट काँग्रेसलाई कुनै क्षति नहुने कुरा राख्दै, विचारले काँग्रेसलाई सधैँ बचाई राख्ने धारणा राखेका थिए । इमानदार सङ्गले पार्टीको आव्हानमा आफूहरूले क्रान्ति गरेको कुरा सम्झन्दै, काँग्रेस बुझेको काँग्रेसीहरूले मात्र पार्टीलाई जोकाउँन सक्ने धारणा राख्दै, पूर्व मन्त्री गुरुङले, काँग्रेसले आफ्नो शक्तिलाई चिन्नुपर्ने कुरा राखेका थिए । 

प्रवासमा बसेर पनि लोकतन्त्रका निमित्त लागि पर्ने, चिन्ता व्यक्त गर्ने सबैलाई मन्त्री गुरुङले आभार प्रकट गर्दै, अहिले लोकतन्त्र माथि हमला भएकोले सबै लोकतन्त्रबादी शक्तिहरू एक भइरहेको र एकहुनु पर्ने धारणा राखेका थिए ।

विशेष अथितिको रूपमा शुभकामना मन्तव्य राख्दै नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र नेम्बाङले लोकतन्त्र र नेपाली काँग्रेस पर्याय जस्तै भएकोले, जुनवेला सम्म विश्वमा लोकतन्त्र जीवित रहन्छ, नेपालमा नेपाली काँग्रेसको महत्त्व र आवश्यकता उतिकै रहने कुरा व्यक्त गरेका थिए । अहिलेको पहिलो आवश्यकता काँग्रेसीहरू बिच भावनात्मक एकता हुनुपर्ने विचार राख्दै महासचिव नेम्बाङले काँग्रेसी नेताहरू बिच भावनात्मक एकता भएमा जस्तोसुकै बामएकताले पनि काँग्रेसलाई जित्न नसक्ने ठोकुवा गर्दै, आफूले पनि नेपाली जनसम्पर्क समिति अमेरिकालाई भावनात्मक रूपमा एक बनाउँन लागि कुनै कसुर बाँकी नराख्ने धारणा व्यक्त गरेका थिए ।

अर्का अथिति नेजस अमेरिकाका कोषाध्यक्ष विजय थुलुंगले, काँग्रेसमा केही पैसावालहरू, बिजनेसमेनहरू हाबी हुनाले सङ्गठनका पुराना कार्यकर्ताहरूको मनोबल गिरिरहेको कुरा राख्दै यसबाट सङ्गठनलाई बचाँउनु पर्ने कुरा राखेका थिए ।

अन्य वक्ताहरूमा, नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व उपसभापति मीडंमार शेर्पा, पत्रकार दिनेश जङ्ग शाह, रिजुड नेपाली समाजका अध्यक्ष रविकिरण कोइराला, काँग्रेस नेता श्याम काजी गुरुङ, एनआरएन अमेरिकाका सह कोषाध्यक्ष पवन यन्जन, जनसम्पर्क समिति न्यूयोर्कका क्रियाशील सदस्य शिव वानीया लगायत थिए भने उपस्थित हुनेहरूमा पत्रकार विजय पौडेल, छिरिग तोप्के लामा, अनिल पाण्डे, महेश मल्ल, हरीस चन्द्र हमाल, चुण्डी शेर्पा, मोहन श्रेष्ठ लगायत थिए ।

न्यु योर्क सहरको स्थानीय थकाली किचन ज्याक्सन हाईटमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व न्यु योर्क च्याप्टरका सभापति रोशन ढुंगनाले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका सदस्य गणेश विष्टले गरेको सो कार्यक्रमलाई च्याप्टरका उपसभापति अमर तामांगले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया