अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्षको गोली हानी गरिएको हत्याप्रति परिसंघको घोर भर्सना

बिआरटीनेपाल २०७४ असोज २३ गते २१:०९ मा प्रकाशित

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको आज असोज २३ गते दिन दहाडै गोली हानी हत्या गरिएको खबरबाट नेपालको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघ मर्माहत भएको छ । यस प्रकारको अमानविय र कायरतापूर्ण कार्यप्रति परिसंघ घोर भत्र्सना तथा आपत्ति प्रकट गर्दछ ।

देश क्रमशः राजनीतिक स्थायित्व तर्फ गइरहेको र व्यवसायले प्राथमिकता पाउदै गरेको अवस्थामा राजधानीको व्यस्त स्थानमा व्यवसायीको हत्या हुँदा सम्पूर्ण व्यावसायिक क्षेत्रमा पुनः त्रास र संसयको अवस्था श्रृजना भएको छ । यस प्रकारको अमानविय कार्यले मुलुकमा बिस्तारै बन्दै गरेको लगानीको वातावरणमा समेत नकारात्मक असर पु¥याउने परिसंघको ठहर छ ।

तसर्थ यस निन्दनिय कार्यको तत्काल छानबिन भई हत्यारा तथा हत्यामा संलग्नलाई अविलम्ब पहिचान गरी हदै सम्मको कारबाही हुन जरुरी छ । साथै देशको अर्थतन्त्रलाई टेवा पु¥याउने उद्योगी तथा व्यवसायीहरुको पूर्ण सुरक्षाको प्रत्याभूती गर्न परिसंघ सरकार समक्ष जोडदार माग गर्दछ ।

 

प्रतिक्रिया