अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको राजधानिमा दिउँसै गोली हानी हत्या

बिआरटीनेपाल २०७४ असोज २३ गते ६:१८ मा प्रकाशित

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको गोली हानी हत्या भएको छ । राजधानीको बानेश्वर स्थित खरिबोटमा आज दिउँसो करिब ३:१५ बजे मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरुले उनीमाथी गोली प्रहार गरी हत्या भएको हो ।

बा १३ च ४९४८ नम्बरको प्राडो गाडी चढेर घरबाट बाहिर निस्किएको केहीबेरमै गौचनमाथी गोली प्रहार भएको थियो । बाँया कोख,छाती र टाउकोमा गोली लागेका उनलाई उपचारका लागि सिभिल अस्पताल लैजादैं गर्दा बाटोमै उनको मृत्यु भएको हो ।
घटनाका प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शुरुमा गौचनको सवारी साधनको सिसामा इटा प्रहार गरेका थिए । इटा प्रहार गरेपछि सवारी साधन रोकिएको थियो । सवारी साधन रोकिएकै अवस्थामा अर्को आक्रमणकारीले गौचन माथि गोली प्रहार गरी भागेका थिए ।

सिभिल अस्पताल परिसरमा गौचनका आफन्त, घरका सदस्य र निर्माण व्यवसायीहरु भेला भएका छन् । प्रहरीका अनुसार गौचनलाई गोली प्रहार गर्ने समूहको एकीन नभएको र घटनाबारे अनुसन्धान भइरहेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले घटना भएको केही समयपछि नै विज्ञप्ती जारी गर्दै यस घटनाको घोर भत्सर्ना  गरेको छ ।

 

महासंघले जारी गरेको विज्ञप्तीको पुर्ण पाठ

 

 

गौचनको हत्याको भत्सर्ना !!

निर्माण ब्यबसाय क्षेत्रका एक हस्ती सफल ब्यबसायी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिन दहाडै शान्तिनगर स्थित ओम शान्ति चोकमा अज्ञात समुहले गोली हानी हत्या गरिएको घटना बाट नेपाल घरेलु तथा साना उध्योग महासंघ परिवार अत्यन्त मर्माहत भएको छ । यस क्रुर घटनाप्रति गहिरो खेद तथा दुःख व्यक्त गर्दै यस्ता बर्बर, आपराधिक कार्यको महासंघ घोर निन्दा एवं भत्सर्ना गर्दछ । यस प्रकारको अमानवीय र कायरतापूर्ण कार्यप्रति घोर आपत्ति प्रकट गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन महासंघ सरकार समक्ष जोडदार माग गर्दछ ।

घटनामा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गर्न र मुलुकभित्र शान्ति सुरक्षाको अवस्था मजबुत भएको आभास दिलाउन महासंघ सरकार सँग जोडदार माग गर्दछ । राजधानीको व्यस्त स्थानमा व्यवसायीको दिनदहाडै हत्या हुनुले सम्पूर्ण उध्योग व्यवसायको क्षेत्रमा सन्त्रास र संसयको अवस्था श्रृजना भएको र यस प्रकारको अमानवीय कार्यले मुलुकमा विस्तारै बन्दै गरेको लगानीको वातावरणमा समेत नकारात्मक असर पुर्‍याउने महासंघको ठहर छ ।

राष्ट्रिय चाडबाड को सेरोफेरोमा विशेष सुरक्षा ब्यवस्था लागु गरिएको भन्ने सुरक्षा निकायहरुको दाबी का बिचमा यस्तो घट्ना हुनुले सुरक्षा ब्यवस्था प्रती बिस्वस्त हुने स्थिती नरहेको महासंघको ठहर छ !! तसर्थ देशको अर्थतन्त्रलाई टेवा पुर्‍याउने उध्योगी तथा व्यवसायीहरुको पूर्ण सुरक्षाको प्रत्याभूति गर्न बिशेष सुरक्षा ब्यवस्था लागु गर्न महासंघ सरकार समक्ष जोडदार माग गर्दछ । देशभित्र उद्योगी व्यवसायीको सुरक्षा नहुँंदा वैदेशिक लगानी समेत प्रभावित हुने र देशको आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने अवस्था देखापर्ने सम्भावना रहेकोले सुरक्षा व्यवस्था प्रति गम्भीर हुन पनि महासंघ सरकारलाई आग्रह गर्दछ ।

महासंघ स्वर्गिय गौचन प्रती हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै सोक सन्तप्त परिवारजन र सिङ्गो निर्माण ब्यवसाय क्षेत्र प्रती गहिरो समबेदना ब्यक्त गर्दछ र निर्माण ब्यबसाय क्षेत्रले यस घटनाको बिरोध गर्न चाल्ने सबै कदममा एक्यवद्धता प्रकट गर्दछ !!

श्यामप्रसाद गिरी
अध्यक्ष
नेपाल घरेलु तथा साना उद्योग महासंघ

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू