अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२० | Colorodo: 16:35

दसैँ–तिहार शुभकामना कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ असोज २२ गते १५:०९ मा प्रकाशित

हिन्दुहरूको महान् चाड विजया दशमी तथा शुभ दीपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरूले शनिवार एक संस्कृतीक कार्यक्रम आयोजना गरी विभिन्न कलाकारहरूसँगै शुभकामना आदान प्रदान गरेका छन् । 

नेपालीहरूको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा नर्थग्लीन शहरमा सम्पन्न कार्यक्रममा हेमन्त शर्मा, रिमा गुरुङ, कृष्णमुरारी ढुङ्गेल, उमेशसिंह खड्का, सुधिर राई जस्ता गायक तथा कलाकार तथा स्थानीय बाल कलाकारहरुका माझ विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै माहान चाड मनाएका हुन् । 

स्थानीय मेयर जोयस डाउन्नीङद्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको कार्यक्रममा कोलोराडोमा सक्रिय सङ्घ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यावसायी, बुद्धिजीवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । 

मातृभूमि नेपाल र कर्मभुमी अमेरिकाको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रमा अध्यक्ष विनोद त्रीपाठीले सहभागी सबैलाई स्वागतका थिए । उनले हिन्दु नेपालीहरूको महानचाडको उपलक्षमा सबैलाई शुभकामना दिदैं अमेरिकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा यहाँका स्थानीय बासिन्दाहरुलाई नेपाल र नेपालीको संस्कृति पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताएका थिए । 

कार्यक्रममा धेरै नेपालीहरूलाई ड्राइभिङ सिकाउने गुरु जेरीलाई नेपाली समुदायलाई सहयोग पुर्याएको भन्दै अध्यक्ष विनोद त्रीपाठीले खादा पहिर्याइ सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए । त्यसै गरी गायक हेमन्त शर्मालाई पनि कोलोराडोबासीको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । 

साझ साढे ६ बजे सुरु भई ९ बजे सम्म सञ्चालन भएको कार्यक्रममा गायक हेमन्त शर्माले आधा दर्जन भन्दा बढी चर्चित गीतहरू गाएर श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएका थिए । त्यसै गरी कृष्णमुरारी ढुङ्गेलले आफैद्धारा रचित प्यारोडीसँगै कुशल नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै साहित्यकार ज्ञानेन्द्र गदालले दसैँ तिहार सम्बन्धी कविता, गायिका तथा गायकहरु रिमा गुरुङ, उमेशसिंह खड्का, सुधिर राईले गीत र स्थानीय कलाकार भाइ बहिनीहरूले विभिन्न राष्ट्रिय, लोक तथा आधुनिक गीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रमको अन्यमा अध्यक्ष त्रीपाठीले दसैँको प्रसाद स्वरूप सहभागी तथा कलाकारहरुलाई रातो अक्षता लगाई दिएका थिए । दोस्रो ठुलो चहाड तिहारको झल्को दिने देउसी कार्यक्रम गर्दै सकिएको कार्यक्रममा श्रीराम लुईटेलले परम्परागत रूपमा देउसी भट्याएका थिए । सहभागीहरुलाई खसीको मासु सेलरोटी सहितको स्वदिस्ट भोजन उपलब्ध थियो । 

कोलोराडोमा सक्रिय नेपालीहरूको अर्को साझा संस्था नेपाली घरले कार्यक्रममा उपस्थित सहभागीहरुबाट नेपाल र नेपालीको संस्कृति तथा पहिचाहन झल्कले सामुदायिक भवन “नेपाली घर” आवश्यक छ छैन, छ भने कस्तो हुनु पर्छ भन्ने सुझाव प्रवेसद्धारमा बसेर कार्यक्रम अवधिभर सङ्कलन गरेका थियो । 

प्रतिक्रिया