अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२४ | Colorodo: 08:39

विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा खेलाडी ननिता महर्जन पहिलो नेपाली बिजेता

बिआरटीनेपाल २०७४ असोज २२ गते ७:०६ मा प्रकाशित

नवौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आज रजत पदक जितेकी छिन् । मंगोलियाको उलन्बटारमा जारी च्याम्पियनसिप महिला १६० सेन्टीमिटर उचाइमा मनिताले रजत पदक जितेी हुन् ।

नेपाली शारीरिक सुगठनको इतिहासमा कुनै पनि नेपाली महिला खेलाडीले जितेको पहिलो पदक हो ।

काठमाडौँमा भएको प्रथम मिस्टर काठमाडौँ तथा महिला फिट्नेस प्रतियोगिताबाट आफ्नो करियर शुरु गरेकी ननिताल आठौँ विश्व शारीरिक सुगठन प्रतियोगिताबाटै खेलमा ‘डेब्यू’ गरेकी हुन् ।

फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले स्वर्ण तथा इटालीले कांस्य पदक जित्यो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू