अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१९ | Colorodo: 23:34

सडक दुर्घटनामा परि किर्गिजिस्तानका उपप्रधानमन्त्रीको मृत्यु

बिआरटीनेपाल २०७४ असोज २२ गते ४:३९ मा प्रकाशित

किर्गिजिस्तानका उपप्रधानमन्त्रीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । सडक दुर्घटनामा परि उपप्रधानमन्त्री टेमिर झुमाकादाइरोभको शनिबार ७ :३० बजे मृत्यु भएको हो ।

बिशकेक- कारा–बाल्टा राजमार्ग क्षेत्रको सादोभ्य गाउँमा झुमाकादाइरोभ चढेको कार र विपरित दिशाबाट आएको ट्रक एक आपसमा ठक्कर खाँदा उनी संगै उनका सहयोगी र कार ड्राइभर समेतको मृत्यु भएको छ भने घटनामा घाइते भएका ट्रक ड्राइभरलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

३८ बर्षीय झुमाकादाइरोभ अघिल्लो महिना मात्र उपप्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू