अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

सुडानमाथिको नाकाबन्दी हटाएकोमा इजिप्टद्वारा अमेरिकाको स्वागत

बिआरटीनेपाल २०७४ असोज २१ गते २३:२८ मा प्रकाशित

अमेरिकाद्वारा सुडानमाथि विगत २० वर्षदेखि लगाउदै आएको आर्थिक नाकाबन्दी हटाउने निर्णयको इजिप्टले स्वागत गरेको छ ।

शनिवार इजिप्टको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी ट्रम्प प्रशासनद्वारा यसै हप्ताको सुरुमा गरेको उक्त निर्णयको प्रशंसा गरेको छ । इजिप्टले सुडानले मानव अधिकार तथा अन्य सम्बन्धित क्षेत्रमा पछिल्ला वर्षमा सुधार गर्दै आएको विज्ञप्तिमा भनिएको छ ।

वासिङ्टन लगायत कतिपय मुलुकले सुडानले आतङ्कवादलाई सघाएको आरोप लगाउदै आएका थिए । यद्यपि यसमा पछिल्ला केही बर्षयता सुडानले आफूलाई लागेको आरोपलाई आलोचनामुक्त गर्ने दिशामा अग्रसर रहेको इजिप्टको दाबी छ ।

यसअघि सुडानले आफ्नो देशमाथि अमेरिकाद्वारा लगाउदै आएको नाकाबन्दी हटाउन लागेकोमा इजिप्टले विरोध जनाएको आरोप लगाएको थियो । तर इजिप्टले भने सो आरोपको खण्डन गर्दै आएको छ ।

सुडान र इजिप्टबीच सीमा विवादका अलावा सुडानले इथियोपियाको सरकारद्वारा नाइल नदीमा बाँध बाँधेर इजिप्टको पानीको महत्त्वपूर्ण हिस्सामा अवरोध गर्ने कदममा सहयोग गरेको भन्दै असन्तुष्टि रहँदै आएको छ । (रासस÷एपी)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू