अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 03:07

टेलिफोन खोज्दै डोल्पाबाट काठमाडौं

बिआरटीनेपाल २०७४ असोज २१ गते २०:३७ मा प्रकाशित

डाेल्पाको से–फोक्सुन्डो गाउँपालिकाका जनप्रतिनिधि गाउँमा टेलिफोन सेवा पुर्याइमाग्न काठमाडौं आइपुगेका छन् । से–फोक्सुन्डो गाउँपालिकाका वडा नं. ६ र ७ का वडाध्यक्ष सहित नागरिक समाजका अगुवा टेलिफोन माग्न काठमाडौं आएका हुन् ।

चुनावको बेला आफूहरुले घोषणापत्रमा समेटेको गाउँलेको मुख्य समस्या सुल्झ्याउन काठमाडौं आएको से–फोक्सुन्डो गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र रोकायाले बताए ।

उनको गाउँपालिकामा हजार घरधुरी दूरसञ्चार सेवाबाट वञ्ञ्चित छन् । टेलिफोन माग्न यसअघि पनि काठमाडौं आएको उनले सुनाए । तर, उनीहरुको मागको सुनुवाइ अझै हुन सकेको छैन, नागरिक दैनिकमा खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू