अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३२ | Colorodo: 13:47

कोरिया ओलम्पिक पार्क ‘नेपथ्य’मय

बिआरटीनेपाल २०७४ असोज २० गते ३:५८ मा प्रकाशित

सांगीतिक क्षेत्रको चर्चित व्यान्ड नेपथ्य यतिवेला कोरिया पुगेको छ। कोरियाको राष्ट्रिय पर्व ‘चुसोक फेस्टिभल’को अवसर पारेर आयोजना गरिएको कन्सर्टका लागि नेपथ्य टिम कोरीया पुगेका हुन्।

यसैविच  बुधबार दक्षिण कोरियाको सउल ओलम्पिक पार्कस्थित ओलम्पिक हलमा नेपथ्यले आफ्नो दरिलो प्रस्तुती दिएको छ । नेपथ्यका चर्चित गीतहरु पस्किँदा दर्शकहरुले राम्रो साथ दिएका थिए। ब्याण्डका गायक अमृत गुरुङले आफ्ना चर्चित गीतहरु गाएका थिए। दक्षिण कोरियाको राजधानीमा नेपथ्यले पाँचौ प्रस्तुती दिएको थियो ।

कन्सर्टमा अमृतलाइ ध्रुव लामाले ड्रम सेटमा, सुरज थापाले किबोर्डमा, सुविन शाक्यले गितारमा, निरज गुरुङले गितारमा र शान्ती रायमाझीले मादलमा साथ दिएका थिए । नेपथ्यले करिब २ घन्टा आफ्नो प्रस्तुती दिएको थियो ।

प्रतिक्रिया