अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतलाई

बिआरटीनेपाल २०७४ असोज १६ गते २:४६ मा प्रकाशित

नवलपरासीको भुजहवामा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारत गोरखपुरका शैलेश पहलवानले हासिल गरेका छन् ।

आइतबार सम्पन्न प्रतियोगितामा शैलेशले उपाधिमाथि कब्जा जमाउन सफल भएका हुन् । यसै गरी प्रतियोगिताको उपविजेता भारतको बहराइचका राधे पहलवानले हासिल गर्न सफल भए । पहिलो स्थानका शैलेशले नगद रु पाँच हजारसहित मेडल प्राप्त गर्नुभयो भने द्वितीय स्थान ल्याउन सफल राधेले नगद रु तीन हजारसहित मेडल प्राप्त गर्नुभयो ।

दसैँको अवसरमा नवदुर्गा पूजा समिति भुजहवाका आयोजनामा भएको प्रतियोगितामा नेपाल–भारतका गरी ३० पहलवानको सहभागिता रहेको थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू