अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४८ | Colorodo: 16:03

लक्ष्मी जयन्तीका अवसरमा ‘अनेसास कोरिया’ले विश्वव्यापी खुल्ला कविता प्रतियोगिता गर्दै

बिआरटीनेपाल २०७४ असोज १० गते १२:२७ मा प्रकाशित

अन्तराष्ट्रिय साहित्य समाज कोरियाले विश्वव्यापी खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ । डायस्पोरिक नेपाली साहित्यको बिकाशलाई ध्यानमा राखि अनेसास कोरिया च्याप्टरले १०९ औं लक्ष्मी जयन्तीका अवसरमा विश्वप्यापी खुल्ला कविता प्रतियोगीताको आयोजना गर्ने भएको हो ।

अनेसास कोरियाले दिएको जानकारी अनुसार प्रतियोगीतामा विश्वका जुनसुकै स्थानमा रहेका स्रस्टाले सहभागिता जनाउन सक्ने छन् ।

 

प्रतियोगिताका नियमहरू:-

१. प्रतियोगितामा सहभागी हुन चाहनुहुनेले आफ्नो प्रतियोगी कविताकाे साथमा आफ्नो पुरा नाम, ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी अनेसास काेरियाकाे लाईक पेजकाे ईनबक्समा वा ई-मेल ठेगाना anesasakorea1@gmail.com मा अक्टोबर ९ तारिखभित्र पठाईसक्नु पर्नेछ ।

२. कविता बढीमा २०० शब्दकाे हुनुपर्नेछ र शुद्ध नेपाली भाषामा(देवनागरी लिपिमा) टाइप गरिएको हुनुपर्नेछ।

३. कविता पूर्णत: मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित/प्रसारित नभएको, अन्य कुनै पनि प्रतियोगितामा सहभागी नभएको, प्रतियोगी कविताको कुनै अंश वा पूरा भाग तोड्मोड गरिएको पाइएमा रचना अयोग्य मानिनेछ । विजयी रचनामा यसप्रकारको दाबी विरोध भइआएमा त्यसलाई खारेज गरी उत्कृष्टता क्रमको अर्को कविता विजयी मानिनेछ ।

४. एकजना प्रतियोगीले एउटा मात्र कविता पठाउनु हुन सूचना गरिन्छ । एउटै कविको एकभन्दा बढी कविता सहभागिताको लागि आएमा अन्तिम एउटालाई मात्र प्रतियोगी मानिनेछ ।

५. मूल्यांकनको लागि कविता विधामा विज्ञ अग्रजहरू सम्मिलित ४ जनाको निर्णायक समिति रहनेछ । निर्णायकको निर्णय नै अन्तिम निर्णय मानिनेछ । प्रतियोगिताको नतिजा सार्वजनिक गर्दा निर्णायक मण्डलको नाम पनि सार्वजनिक गरिनेछ ।

६. अनेसास काेरिया कार्यसमितिका सदस्यहरू बाहेक विश्वको जुनसुकै देश तथा क्षेत्रमा रहनुभएका इच्छुक नेपाली भाषी कविहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्।

७. प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने एक-एक जना विजयी कविहरूलाई क्रमश: नगद रू. २०,००० /-, रू. १०,०००/-, रू. ५,०००/- र प्रशंसापत्र तथा उत्कृष्ट दस स्थान प्राप्त गर्ने कविहरूलाई प्रशंसापत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू