अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

लेखक राजन थपलिया आफ्नो नयाँ पुस्तक ‘बि लाईक अ बोस’को लागी सह-लेखकको खोजीमा

बिआरटीनेपाल २०७४ असोज ९ गते ४:४३ मा प्रकाशित

चर्चित युवा लेखक राजन थपलिया आफ्नो नयाँ पुस्तक ‘बि लाईक अ बोस’ को लागी सह- लेखक को खोजी गर्दैछन् । थुप्रै कृतिहरु बजारमा ल्याईसकेका अमेरिका निवासी लेखक थपलियाले आफ्नो नयाँ पुस्तक’ बि लाईक अ बोस’का लागि सहलेखक राख्ने निर्णय गरेका हुन् ।

लेखक थपलियाका अनुसार उनिसंग सहकार्य गर्ने लेखक लेखमा अत्यन्त इक्ष्या भएकाहरु नै पहिलो रोजाइ हुने छन, त्यो बाहेक, लेखक को आफ्नै सर्त हरु छन, त्यो सर्त पुरा भएको खन्डमा जो कोही पनि लेखकथपलिया सङ सह कार्य गर्न सक्ने छन।

पछिल्लो पुस्तक ‘१००५ लाईफ’ बाट चर्चा बटुलेका लेखक थपलियाले नयाँ पुस्तकका बारेमा  भनेका छन् ‘बी लाईक अ बोस’ एक सेल्फ हेल्प बुक हो । हामीले जिबनमा आफुलाई कस्तो प्रकारको मान्छे सोच्ने हो र कस्तो आकार दिने हामीमा नै भरपर्छ । कोही आफुलाई सानो सम्झन्छ कोही आफुलाई ठुलो सम्झन्छ ।  सबै आफ्नो आफ्नो सोचाइको कुरा हो। तर जिबनमा आत्म बल कसरी बढाउने ? बोस र कामदार मा के फरक छ ?  आफ्नो आत्मबल बढाइ सनसार जित्ने कला आदी कुरा समाबेश हुने उक्त किताब हाम्रो दैनिक जिबनमा अत्यन्त महत्व पुर्ण हुने छ। लेखन क्षेत्र र लेखन क्षेत्र मा आउन चाहने हरु लाई एउटा राम्रो अबसर पनि हो। जिबन का कयौ पाटाहरुलाई बिश्लेसण गरिने उक्त किताबमा आत्म बल बढाउने अचुक उपाय हरु समाबेश गरिने छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू