अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१३ | Colorodo: 17:28

मेक्सिकोमा ६.२ शनिवार फेरि भूकम्प

बिआरटीनेपाल २०७४ असोज ८ गते ५:०९ मा प्रकाशित

मेक्सिकोको दक्षिणी भूभागमा केन्द्रविन्दु भएर शनिवार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ६.२ रिक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रबिन्दु ओसाकाको माटियस रोमेरो भन्ने स्थानमा ३२ किलोमिटरको गहिराइमा रहेको बताइएको छ ।

मेक्सिकोमा केही दिन पहिले गएको शक्तिशाली भूकम्पको पराकम्पनले फेरि तर्साएको छ ।

गत बिहीबार मेक्सिकोको मध्यक्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू