अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

यसरि मनाइयो जापानमा संविधान दिवस (प्रेश विज्ञप्ती)

बिआरटीनेपाल २०७४ असोज ६ गते ४:०८ मा प्रकाशित

जापानस्थित नेपाली दूतावासले एक कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । सेप्टेम्बर २० तारिक बुधबारका दिन टोकियोको मिनातोकोमा रहेको होटेल ओकुरामा संविधान दिवस मनाइएको हो ।

सो अवसरमा बोल्दै जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले नेपाल र जापानबीचको सम्बन्ध सदियौंदेखि सुमधुर र मजबुद रहेको उल्लेख गर्नुभयो । जापानले नेपालको सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याउदै आएको भन्दै राजदूत राणाले जापानको प्रशंसासमेत गर्नुभयो ।

नेपालमा लगानीको वातावरण सृजना भएकोले लगानी गर्न जापान सरकारलाई उहाँले आग्रह गर्नुभएको छ । स्थानीय तहको निर्वातन सम्पन्न भइ राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै उहाँले नेपालमा लगानी गर्न र भ्रमण गर्न आग्रह गर्नुभयो ।सो अवसरमा प्रमुख अतिथिसमेत रहनु भएका परराष्ट्र मन्त्रालयका संसदीय उपमन्त्री आयो होरीले जापान र नेपालको सम्बन्ध सुमधुर रहेको भन्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाउनु भएको छ ।

जापानका वातावरण राज्यमन्त्री तादाहिको इतोले कार्यक्रममा आउन नसके पनि एक सन्देश दिनुहुदै नेपालका आर्थिक विकासमा सदैव सहयोग गर्ने विश्वास दिलाउनु थियो ।सो अवसरमा जापानका व्यवस्थापिका संसद, परराष्ट्र मन्त्रालयका पदाधिकारी, विभिन्न कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, व्यवसायी, गैर आवासिय नेपाली संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू