अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०९ | Colorodo: 08:24

पोर्चुगलमा  दशैं बिशेष- साङ्गितीक साँझ हुँदै     

बिआरटीनेपाल २०७४ असोज ६ गते ३:४० मा प्रकाशित
हिन्दु नेपालीहरुको महान पर्व बिजया दशमीको अबसरमा यहि २७ सेप्टेम्बरको दिन पोर्चुगलको जम्बोजेरामा बृहत् रात्रीकालीन सांगीतिक  साझ तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिने भएको छ। पोर्चुगलको राजधानी लिस्बन बाहिर नेपालीहरुको ठुलो संख्यामा बसोवास  रहेको बेजा अन्तर्गत ओदिमेरा अलेन्तेजो क्षेत्रको  नेपाली समुदायबीच शुभकामना आदनप्रदान गरि भातृत्व र भाइचाराको अभिबृद्दि गर्ने, डायस्फोरामा नेपाली गीत सङीतको संरक्षण तथा प्रबर्द्धन गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
 “जे.बी. ओली एकल सांगीतिक  साँझ तथा शुभकामना आदनप्रदान कार्यक्रम-२०१७” नाम दिइएको उक्त कार्यक्रमको आयोजना भने एकल रुपमा रुपमा चर्चित राष्ट्रिय लोकदोहोरी गायक जे. बी.ओलीले गर्न लागेका हुन।लोक-दोहोरी प्रतिष्ठान युरोप शाखाको प्रबक्ता समेत रहेका ओली लोक संगीत र लोकदोहोरी क्षेत्रमा अब्बल गायकको रूपमा देश-बिदेशमा चर्चित छन।”मेरो कथा”, “जप्छु तिम्रै नाम”, “सम्झी रुने”, “छमछमी नाच्ने” जस्ता सयौ साङ्गेतिक कोशेली लोक संगीतलाई दिएका ओली यस  अगाडि युरोपको बेल्जियम, स्पेन, जर्मनी लगायत युरोपको विभिन्न देशहरुमा आफ्नो साङ्गेतिक कार्यक्रम सम्पन्न गरिसकेका छन।
  अत्यन्तै सहृदयी, मिलनसार र मृद्धभाषी समुधुर स्वरको धनी लोक गायक आफुले एकल रुपमा आयोजना गरिएको भएपनी आर्थिक, भौतिक र नैतिक रुपमा सबैको उत्साहपुर्ण सहयोग र समन्बयले कार्यक्रम सफल हुनेमा आफू बिश्वस्त रहेको बताए।यस क्षेत्र अन्तर्गत रहेका प्रशासन, ब्यबसायीहरु, पत्रकार तथा कलाकारहरु लगायत सम्पुर्ण पक्षसङ समन्बय गरि कार्यक्रमको तय गरिएको उनले बताए। कार्यक्रम स्थलमा आउन र गन्तब्यमा फर्कनकोलागी  सबै ठाँउमा सहज यातायात ब्यबस्थापन   गरिएको पनि  जानकारी गराए।
बिभिन्न परम्परागत लोक सस्कृती झल्किने  मौलिक नेपाली लोकसंगीत, लोकपप-आधुनिक र  लोकदोहोरी प्रत्यक्ष बाद्यबादनको ताल र सुरसङै दर्शक-श्रोतालाई भरमग्दुर मनोरञ्जन दिन प्रयास गरिने उक्त कार्यक्रमको प्रवेश शुल्क १० युरो रहेको छ। कार्यक्रमबाट उठेको रकमबाट हालै पोर्तुगलको लिस्बनमा छुरा प्रहारबाट हत्या गरिएको स्व.हरि बहादुर जि. सी.को सन्तानको पठनपाठनमा र नेपालको बाढीपीडितलाई सहयोग गरिने जानकारी समेत गराए। कार्यक्रमलाई भब्य, सभ्य र शालीन ढंगले सम्पन्न गर्नकोलागी सहयोग गर्न र सहभागी भैदिन सम्पुर्ण मा हार्दिक अपिल गरेका छन।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू