अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

चलचित्र ‘फिक्का’को गीत टाईटल सङ ‘फिक्का-फिक्का’ रिलिज (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असोज ३ गते १८:२४ मा प्रकाशित

गाँउ र गरिवीको कथालाई उठाएर तयार पारिएको पारिवारीक प्रेमकथाको चलचित्र फिक्काको शीर्ष गीत “फिक्का फिक्का… ” रिलिज गरिएको छ । गितमा चेतन सापकोटाले संगित एंव वेल्जियम बसोबास गर्ने अर्जुनरत्न भिकारीको शब्दमा स्पेन बसोबास गर्ने गायक तुलसी शिवाकोटीले यसै गीतबाट चलचित्र गायनमा डेव्यु गरेका छन् ।

नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष एंव नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ र चलचित्र सम्पादक नहकुल खड्काको निर्माणमा बनेको चलचित्रको प्रस्तुतकर्ता एनआरएन जापान बसोबास गर्ने अजय सुनार रहेका छन् । चलचित्रलाई युवा निर्देशक जनक खड्काले निर्देशन गरेका छन् ।

गीतमा बेरोजगारी, गरीवी, माया, पारिवारिक बन्धन, फ्रस्टेटेड जीवनलाई प्रस्तुत गरिएको देख्न सकिन्छ ।

मंसिर १ गतेबाट नेपालभर रिलिज हुन लागेको यस चलचित्र विदेशमा भने शो सुरु भैसकेको छ यस अघि जापानमा भएको शो दर्शकले मन पराएपछि जापान, बेल्जियम, स्पेन, लण्डन, बहराईन लगाएतका देशहरुमा समेत शो हुन लागेको नायक समेत रहेका प्रस्तुतकर्ता अजय सुनारले बताए भने जापानका अन्य सहर. युरोप र अमेरिकाका शहरहरुमा समेत चलचित्रको शो को तयारी भैसकेको बताईएको छ ।

प्रतिक्रिया