अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

मिस पुर्वान्चलमा हेटौडा र धरानका डिजाइनर

बिआरटीनेपाल २०७४ असोज ३ गते ६:०० मा प्रकाशित

असोज ६ गते आयोजना हुने नेपाल आइस नेचुरा मिस पुर्वान्चलको सहभागीहरुको लागि यसपाली हेटौडाको सेन्ट्रल फेसन हबका दुइ बिद्यार्थी तथा फेसन डिजाइनरद्वय सौरभ तामांग र संगीता पाख्रिन संगै चार बर्ष अघि धरानमा मुन्धुम बुटिक एंड मेख्ली हाउस खोलेर चर्चा कमाइ सकेकी धरानकि मुनु मिभकले डिजाइन गर्दै्छिन ।
हेटौडामा निक्कैचर्चा कमाइ सकेका संगीता र सौरभले डिजाइनर्स एक्स्पोमा भाग लिसकेका छन् भने धरानको भेलोसिटी कलेजमा फेसन डिजाइनिंग कोर्ष गरेकी डिजाइनर मुनुले १० वर्ष अघि नै पहिलो टीजीआइएफ फेसन विकमा आफ्नो डिजाइन प्रस्तुत गरिसकेका छन् ।डिजाइनरद्वय संगीता र सौरभले इन्ट्रोडक्सन र क्राउनिंग राउण्डको लागि गाउन तयार गर्दैछन भने डिजाइनर मुनुले टप १४ राउण्डको लागि बिसुद्ध नेपाली पहिरन ढाका र सिल्कका डिजाइनर सारी प्रस्तुत गर्ने तयारी गर्दै्छिन ।
प्रियारानी लामाको कोरियोग्रफिमा र्याम्प वर्क तालिम लिदै गरका १९ जना मिस पुर्वान्चलका प्रतियोगीहरु अहिले बन्द प्रशिक्षणमा छन् ।

प्रतिक्रिया