अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

अमेरिकाको नेपाली मन्दिरमा लुम्बिनी बगैंचा सहितको ‘बुद्धको मूर्ति’ अनावरण

बिआरटीनेपाल २०७४ असोज २ गते १४:४६ मा प्रकाशित
नेपालका उद्योगपति बिनोद चौधरीको सहयोगमा अमेरिकाको मेरिल्याण्ड  राज्यको बेल्स भिल्स स्थित Nepal Education & Cultural Center ( NECC ) नेपाल शिक्षा तथा सांस्किृतिक केन्द्र नेपाली मन्दिरमा बुद्धको मूर्ति को अनावरण गर्ने काम सम्पन्न भएको छ  ।यो कार्यक्रमको लागी मात्रै नेपाल देखी आउनुभएका चौधरी ग्रुपका निर्देशक सारिका चौधरी र अमेरिकाका लागी महामहिम नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले संयुक्त रुपमा लुम्बिनी बगैंचा सहितको बुद्धको मूर्ति अनावरण गरेका हुन् ।

चौधरी ग्रुपका निर्देशक बिनोद चौधरीकी धर्मपत्नी सारिका चौधरी र नेपाल सरकारका अवैतनिक महाबाणिज्य दूत प्रेमराजा महत, एनइसीसीका संस्थापक डा।हरि शर्मा,  लामागुरु पेमा लामा,बौद्ध धर्म संघका बुद्धरत्न महर्जन, डा. महेन्द्र कार्की, डा.विष्णु पौडेल,मेदिनी अधिकारी, खगेन्द्र अधिकारी, कृष्ण निरौला लगायतले आ -आफ्नो मन्तब्य राखेको भब्य समारोह संस्थाका अध्यक्ष खिलेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

चौधरी ग्रुपसंग प्रस्ताब गरेर मुर्ती को सौजन्य अवैतनिक महाबाणिज्यदूत प्रेमराजा महतले चाँजो पाँजो मिलाई दिएका हुन् । बौद्ध धर्म गुरुहरु लामाबाट पुजा अर्चना प्राण प्रतिष्ठा गरेर ऊदघाटन गरिएको ८ फिट अग्लो बुद्ध स्तुपामा नेपालको शाक्यमुनी बुध्द धर्मावलम्बीसंग सम्बन्धी संस्थाहरूका कार्यकर्ताहरूको सकृय सहयोगमा लुम्बिनी बगैंचा निर्माण गरिएको छ ।

मुर्ती अनावरणको समारोह नेत्र घिसंग, परशु तिमिल्शिना र सरोज प्रजापतीले संचालन गरेका थिए । समाजसेवी लोकनाथ तिवारीको सौजन्यमा कार्यक्रममा सहभागीहरुलाई प्रसाद खुवाईएको थियो। मन्दिरका कार्यकर्ताहरु रामचन्द्र भट्टराई र मधुसुधन भण्डारीले दाताहरुबाट चन्दा सहयोग संकलन गरेका थिए ।

थकाली समाज युएसए , तामाङ्ग सोशाईटी र तमु समाजको समेत सहभागीता रहेको  समारोह एन ई सी सी का अध्यक्ष खिलेन्द्रमणि न्यौपानेले सबैलाई धन्यबाद दिएर भब्य समारोह बिसर्जन गरेका थिए ।

प्रतिक्रिया