अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

गायिका मिलन अमात्यले गरिन् श्रीमान मेन्सन अमात्यसंग सम्बन्ध बिच्छेद

बिआरटीनेपाल २०७४ असोज २ गते १३:३१ मा प्रकाशित

नेपाली साँगीतिक क्षेत्रकी चर्चित गायिका मिलन अमात्यको सम्बन्ध विच्छेद भएको छ।  श्रीमान मेन्सन अमात्यसंग वैवाहिक जिवनमा समस्या आएपछि  उनीहरुले  काठमाडौं जिल्ला अदालतमा पुगेर सम्बन्ध विच्छेद गरेका हुन्।

मिलन संग विच्छेद भएको उनका पति मेन्सनले मिडियासंग बताएका छन्। मेन्सनले भने, ‘सांगीतिक यात्रामा मेरो सहयोग भएन भन्दै उनी असन्तुष्ट थिइन्  त्यही भएर होला, अर्को कुनै कारण छ जस्तो मलाई लाग्दैन।’

सम्बन्ध विच्छेद लागि उनीहरुले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए।व्यापारी मेन्सन र मिलनको ६ वर्षअघि विवाह भएको थियो।  यस बारेमा  गायिका मिलनले भने खुलाएकी छैनन्।

प्रतिक्रिया