अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

हाँगा भएको रुख समेत चड्न डराउने भिडमा उल्टो रुख चढ्ने यी युवाको चमत्कार

बिआरटीनेपाल २०७४ असोज २ गते १२:५४ मा प्रकाशित

रुख चढ्नु सजिलो काम होइन । अझ सुरिलो रुखमा चढ्न त सकसै पर्छ । तर, एक युवकले उल्टो बनेर अर्थात् उँधोमुन्टो लगाएरै रुख चढेर आफ्नो क्षमता देखाएका छन् । भारतको हरियाणाका एक युवक उल्टो जिउ बनाएर रुख चढ्न सक्छन् । ३२ वर्षका मुकेश कुमार नामका युवकमा यस्तो अनौठो क्षमता रहेको छ । उनमा सानैदेखि रुख चढ्ने सौख थियो, अझ उल्टो बनेर रुख चढ्ने । अहिले उनी सजिलैसँग उल्टो बनेर रुख चढ्न सक्छन् ।

उनले १३ वर्षको उमेरदेखि उल्टो बनेर रुख चढ्न थालेका रहेछन् । पेसाले निर्माण मजदुर रहेका मुकेश सुरुमा उल्टो रुपमा चढ्दा २३ फुट मात्र चढ्न सक्थे । तर, उनले हार नमानी निरन्तर प्रयास गरिरहे । यसो गर्दा कैयौं पटक लडेर उनलाई चोट पनि लाग्यो ।  अहिले उनी ५० फुट अग्लो रुख ५ मिनेटमै उल्टो बनेर चढिसक्छन् । उनी उल्टो रुपमा रुख चढेर गिनिज बुकमा नाम लेखाउन चाहन्छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू