अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४१ | Colorodo: 00:56

‘एयर होस्टेस–फेसन डिजाइनर’का विद्यार्थी क्यान्सर सचेतना जगाउँदै सडकमा

बिआरटीनेपाल २०७४ असोज २ गते ७:३८ मा प्रकाशित

एयर होस्टेस र फेसन डिजाइनर बन्न अध्ययन गरिरहेका युवतीहरु शनिबार सडकमा देखिए । उनीहरु कुनै माग राखेर सडकमा ओर्लिएका भने होइन । ती युवतीहरु रातो पहिरनमा क्यान्सर सचेतना अभियानमा सडकमा ओर्लिएका हुन् ।

एयर होस्टेस र फेसन डिजाइनरका विद्यार्थीहरुलाई फ्लाईटेक इन्टरनेशनल एयर होस्टेस एकेडेमी तथा फेसन इन्स्टिच्युट आईआईएफटी र नेपाल क्यान्सर रिलिफ सोसाइटीले क्यान्सर सचेतनाका लागि सडकमा ओरालेको हो ।

नेपाल क्यान्स रिलिफ सोसाइटीको ३५औं वार्षिकीको अवसर पारेर फ्लाईटेकको अग्रतामा सो ¥याली निकालिएको थियो । ¥यालीमा एयर होस्टेस र फेसन डिजाइनिङका दुई सयभन्दा बढी विद्यर्थी सहभागी थिए ।

¥याली फ्लाईटेकको कार्यलय बागबजारबाट सुरु भई रत्नपार्क, मांहाकाल, न्युरोड, इन्द्रचोक, असन, भाटाहिटी हुँदै बागबजारमै आएर टुंगिएको थियो । यस्ता किसिमका कार्यक्रमले क्यान्सर रोकथाममा सचेनता आउने दावी फ्लाईटेकका निर्देशक नाजिर हुसैनले गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू